सिन्धुली – कमलामाई नगरपालिकालको डिजिटल डिस्प्ले बोर्ड जडान गरेको दुइ दिनमै विग्रेको छ । केहि दिन अगाडि मात्रै जडान गरेको नगरपालिका अगाडिको डिजिटल डिस्प्ले बोर्ड दुइ दिनमै विग्रेको हो । डिजिटल डिस्प्ले बोर्ड जडान गरेको दुई दिनमा हाई बोल्टेजको लाइनले केहि बल्क गएको नगरपालिकाको सूचना अधिकारी सागर ढकालले बताउनुभयो । बोडको बल्क जादाँ डिजिटल डिस्प्ले बोड चल्ने छोडेको उहाँ बताउनुभयो । “डिजिटल बोड जडान गरेको दुई दिनमै हाई बोल्टेजको बत्ती आयो, उक्त डिजिटल डिस्प्ले बोडको केहि बल्क गएको छ । हामीले वारेन्टि कम्पनीलाई पर्खिरहेका छौँ । केहि दिनमा मर्मत हुने छ ” उहाँले भन्नुभयो ।
डिजिटल डिस्प्ले बोडको लागि बोल्टेज तलमाथि भएको खण्डमा मिलाउन ३२ हजारको स्टेबलाइजर खरिद समेत गरिएको थियो । डिस्प्ले बोड स्थापनाका लागि ३८ हजार लागत रहेको थियो । ५८ हजारको प्रोजेक्टर खरिद गरिएको थियो । डिजिटल डिस्प्ले बोड मात्रै ६ लाख ६६ हजार ८ सय ४८ रुपैया रहेको छ ।
कमलमाई नगरपालिकाले कम्पूटर सामाग्री र डिजिटल डिस्प्ले बोडका लागि १५ लाख ८१ हजारको ठेक्का आवहान गरेको थियो । दोस्रो पटक सुचना निकाले पछि १५ लाख ८१ हजारमा ओखलढुगां देवासंले ठेक्का पाएको थियो ।
डिजिटल डिस्प्ले बोर्डबाट नगरपालिकाको विभिन्न सूचनाहरु तथा जानकारीहरु पढ्न सकिने भन्दै जडान गरिएको बोड विग्रीय पछि स्थानिय आक्रोसित भएका छन् । गुणस्तहिन सामाग्री खरिद भएको भन्दै स्थानिय कमल अधिकारीले दिर्घकालीन तथा दिगो विकासको जरुरत रहेको बताउनुुभयो ।
उहाँ भन्नुहुन्छ, “लाखै लागतको सामाग्री दुइ दिनमै विग्रेको देख्दा अचमै लाग्छ । बोल्टेज तलमाथि हुदाँ नविग्रने सामान पनि किनेको छ । फेरि कसरी बोल्टे बढी आउँदा बोड विग्रयो ? सबै आर्थिक चलखेल हो । गुणस्तरहिन सामान खरिद भएको छ ।” नगर वासीहरुलाइ कलामाई नगरपालिकाले प्रदान गर्ने सेवा, सुचना,सन्देश र जानकारी प्रदान गर्ने तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटन प्रबद्वन गर्ने उद्देश्यले डिजिटल डिस्प्ले बोर्ड संचालन गरिएको थियो ।