बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा आठ हजार भन्दा बढी हेक्टर बन अतिक्रमण

आइतवार , श्रावण १३, २०८१

सिन्धुली – पछिल्लो समय जिल्लामा सार्वजनिक जग्गा र बन क्षेत्रको अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ । जिल्लामा हजारौं हेक्टर बनक्षेत्र अतिक्रमण गरि बस्ती बसेको छ ।

सिन्धुलीमा बनको कुल क्षेत्रफल १ लाख ६० हजार १ सय ९१ हेक्टर रहेपनि पछिल्लो समय बन फडानी गर्ने क्रम वढ्दै गएपछि बनको क्षेत्रफल क्रमश घट्दै गएको छ । सिन्धुलीका विभिन्न् स्थानीय तहहरुमा ८ हजार ४ सय १० हेक्टर जंगल फडानी गरेर बस्ती बसेको साथै बिकास निर्माण लगायतका आयोजनाहरुका कारण २० हजार भन्दा वढी हेक्टर बन क्षेत्र विनास भएको डिभिजन बन कार्यालय सिन्धुलीको तथ्याकंमा उल्लेख छ ।

सिन्धुली जिल्ला भरि विभिन्न् स्थानीय तहका बन क्षेत्र अतिक्रिमण गरि १५ हजार भन्दा बढि घर परिवार बन क्षेत्रमा बसोबास गरिरहेको डिभिजन बन कार्यालयको तथ्यांक रहेको छ ।

अधिकांश अतिक्रमित क्षेत्रमा जंगल फडानी गरेर ठूला–ठूला बस्ती बसालिएकाले राज्यलाई खाली गर्न समेत समस्या उपत्नन् भएको छ । अतिक्रमित क्षेत्रमा बिजुली, पानी, टेलिफोनजस्ता सार्वनिक सुविधा पुगेका छन । सडक र विद्यालय जस्ता भौतिक पूर्वाधार निर्माण भएका छन । सार्वजनिक सुविधा र भौतिक पूर्वाधार निर्माण भइसकेको र सरकारको बनसंरक्षण गर्ने गतिलो निति र राजनैतिक दलहरुको प्रतिबद्धता नहुदा वन अतिक्रमणको समस्यालाई निराकरण गर्न नसकेको अवस्था छ ।

जिल्लामा अस्थायी र स्थायी दुवै प्रयोगका लागि वन अतिक्रमण भएको छ । बढ्दो जनसंख्या, सडक लगायत भौतिक पुर्वाधारहरुको विकास र सहरीकरण सँगै वनक्षेत्र अतिक्रमण हुने क्रम पनि बढेको हो । मुख्य गरी कमलामाई नगरपालिकाको भिमान रानिबास क्षेत्र, दुधौली नगरपालिकाको चुरे क्षेत्र र पश्चिम मरिण गाउँपालिकाको चुरे क्षेत्रको बन अतिक्रमण भएको छ ।

प्रतिक्रिया