बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मोटरसाईकलले ठक्कर दिदा सिन्धुलीमा एकजना घाईते

शनिवार , श्रावण १२, २०८१

सिन्धुली – सिन्धुलीमा मोटरसाईकलले ठक्कर दिदा एक जना घाईते भएका छन् । घाईते हुनेमा दुधौली नगरपालिका ४ डकाहा बजार बस्ने वर्ष अंन्दाजी २४ को बिशाल चौधरी रहेको प्रदेश प्रहरी कार्यालय हेटौडालेले जनाएको छ ।

डकाहाबाट भिमान तर्फ जादै गरेको सिन्धुली दुधौली नगरपालिपा वडा नं. ३ चारघरे बस्ने वर्ष अन्दाजी २४ को गणेश पहाडीले चलाएको बा ८२ प ५३८४ नम्बरको एनएस पल्सर मोटरसाइकलले मदन भण्डारी राजमार्ग अन्तरगत दुधौली नगरपालिका–१ विचित्रखोला शुक्रवार ठक्कर दिदा चौधरी घाईते भएको प्रहरीले बताएको छ ।

उनको टाउको र दाहिने हातको कुहिनामा चोट लागेको अवस्था बेहोस रहेको,हुदा दुधौली नगर हस्पिटल सिर्थौलीमा मा सामान्य उपचार पछि थप उपचारका लागी काठमाडाँै स्थित न्युरो अस्पताल रिफर गरिएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रह्को प्रहरीले जनाएको छ ।

प्रतिक्रिया