सिन्धुली – प्रजातन्त्रका सेनानी तथा कुशल राजनितिज्ञ, साहित्यकार, एवंम चित्रकार स्व बासुदेव श्रेष्ठको १८ औ स्मृति समारोह सिन्धुलीमा मनाइएको छ । स्वर्गिय बासुदेब श्रेष्ठ स्मृति सामाजिक प्रतिष्ठान सिन्धुलीको आयोजनामा समारोह मनाईएको हो ।
प्रतिष्ठानका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले सिन्धुलीका संस्थापक सदस्य कृष्णहरी अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बागमति प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदिप कटुवाल, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ,नेपाली काँग्रेसका जिल्ला सचिव ईश्वर बस्नेत, राप्रपा नेपालका भिष्म श्रेष्ठ, प्रतिष्ठानका संस्थापक सल्लाहकार फाल्गुणि शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बासुदेव श्रेष्ठले २००७ सालमा भएको प्रजातन्त्र प्राप्तीको आन्दोलनमा गर्नु भएको नेतृत्व र उहाँले कमलामाई नगरपालिकाको प्रथम नगरप्रमुखको भुमिकामा रहदाँ नगरको विकासको लागी कोर्नु भएको विकासको खाकाको बिषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले सिन्धुलीका संस्थापक सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी कृष्णहरी अधिकारी लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।