सिन्धुली – जिल्लाको सुनकोशी गाउँपालिका ६ रात डाँडा बाट चोरीको दुई थान मोटरसाइकलसहित मोटरसाइकल चोरी संलग्न काभ्रेका तीन युवालाई प्रहरीले बुधवारपक्राउ गरेको छ ।
बुधवार विहान भकुन्डे बेसीबाट बा प्र ०२–०३१ प ५९४३ नम्बरको मोटरसाइकल चोरी गरेर सिन्धुली तर्फ आउँदै गरेका काभ्रेको पाँचखाल नगरपालिका–२ बस्ने २३ वर्षीय सुनिल तामाङले चलाएको मोटरसाइकल र सँगै रहेको अर्को प्र ३–०२–००४ प ३७९८ नम्बरको चोरीको मोटरसाइकल सहित पाँचखाल नगरपालिका–२ बस्ने २३ वर्षको दिनेश कोइराला र सोहि ठाउँको २६ वर्षको आदित्य विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल प्रसाद चौरासियाले जानकारी दिनुभयो ।
चोरीको मोटरसाइकलसहित पक्राउ पर्ने तीन जनालाई अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।