बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा जवरजस्ती करणी गर्ने दुई जना पक्राउ

सोमवार , श्रावण ७, २०८१

सिन्धुली –सिन्धुली प्रहरीले जवरजस्ती करण गर्ने दुई जनालाई पक्राउ गरेको छ । परिवर्तीत जिल्ला १९ सुनकोसी ३ ‘ख’ की बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका वर्ष ४५ का कृष्ण बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै नाम परिवर्तीत जिल्ला १८ सुनकोसी ६ ‘ख’ की मानसिक रोगी महिलालाई बलत्कार गरेको अभियोगमा खाँडादेवी गाउँपलिका ४ रामेछापका वर्ष २७ का गोल्ठे भन्ने भुवन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले बालीकालाई जवरजस्ती बलत्कार गरेको सूचनाका आधारमा प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुशन्धान थालेको हो ।

यस्तै नेपालीले मानसिक रोगी महिलालाई सुनकोसी गाउँपालिका ६ चैनपुरगाउँको सुनकोसी नदी किनारामा जवरजस्ती करणी गरी फरार रहेको भनि परेको जाहेरीका आधारमा खोजतलास गरी प्रहरीले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी निरिक्षक सुनिल कुमार चौरसियाले जानकारी दिए ।

पक्राउ परेका दुबै अभियुक्तमाथी थप अनुसनधान गर्न जिल्ला अदालत सिन्धुलीबाट सात–सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया