बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा लागु औषध सहित ४ जना पक्राउ

सोमवार , श्रावण ७, २०८१

सिन्धुली । सिन्धुली प्रहरीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका – ८ बाघमार बाट शनिवार अवैध लागु औषध सहित चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

भीमान प्रहरीले चेकजाँच गर्ने क्रममा महोत्तरी औरही नगरपालिका –७ बस्ने अजय शाह, सिन्धुली कमलामाई नगरपालिका–७ माझिटार बस्ने दिलसन भनिने २० वर्षीय लोकविक्रम आले मगर, कमलामाई नगरपालिका वडा नं.५ चिसापानीको २३ वर्षको मिलन पाख्रिन र धुरा बजार बस्ने २७ वर्षीय सौगात लामा अवैध औषधी सहित पक्राउ परेको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल कुमार चौरासियले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट स्पास्मो एक्सिप्लोन–१५ र विनक्रेक्स कप सिरप–१४ गरी २९ बोतल लागु औषध बरामद भएको उहाँले बताउनुभयो । सोधपुछ गर्दा आले मगर, पाख्रिन र लामाले लागु औषध सँगै पक्राउ परेका महोत्तरी औरही नगरपालिका –७ बस्ने २१ वर्षीय अजय शाहसँग खरिद गरेको बताएका छन ।

लागु औषध सहित उनीहरूले प्रयोग गरेको बा ९३ प ८८०८ र विआर ३० एम् १३११ नम्बरको दुई वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिन्धुलीमा ७ दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जानएको छ ।

 

प्रतिक्रिया