सिन्धुली – पशु सेवा कार्यालय सिन्धुलीले जिल्लामा साढे दुई लाख बढी पशु चौपायलाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ । विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका नौ वटै स्थानीय तहका भैँसी, राँगा, गाईगोरु, बाख्रा, कुकुरलगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।
जिल्लामा दुई लाख ५९ हजार ९४० पशु चौपायलाई विभिन्न रोग विरुद्धको खोप लगाएको पशु सेवा कार्यालय सिन्धुलीका छैंठौँँ स्तर सरोज जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले सिन्धुली र रामेछाप दुई जिल्ला हेर्ने छ । सिन्धुली र रामेछाप दुइ जिल्ला गरि ५ लाख १९ हजार ८८० पशु चौपायलाई खोप लगाइएको छ । पशुचौपायामा देखिने खोरेत, पीपीआर र स्वाइनफिबर रेबिज लगायतका विरुद्ध उक्त खोप लगाईने जिरेलले जानकारी दिनुभयो । पशुचौपायमा देखिने विभिन्न रोगका कारण किसानले बर्सेनि क्षति बेहोर्दै आएको र हरेक वर्ष पशु उत्पादनमा भइरहेको क्षतिको न्यूनीकरणका लागि पूर्ण खोप अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
पशुपालन व्यवसायमा चुनौतीको रुपमा रहेको प्रमुख रोगहरुको नियन्त्रण गर्दै पशु स्वास्थ्यको सुनिश्चिता गर्नका लागि जिल्ला भरी नै पूर्णखोप अभियान संचालन भएको छ । हरेक वर्ष नियमित रूपमा लगाउँदै आएको खोप यस वर्ष समयमा नै सकिएको जिरेलले बताउनुभयो । पशुपालक किसानहरूलाई ढुक्क भएर व्यावसायिक रूपमा पशु पाल्ने बातावरण बनाउन सो कार्यक्रम यस वर्ष वर्षाअघि नै सम्पन्न गरिएको उहाँले बताउनुभयो । जिल्लाको मुख्य शंकास्पद ठाउँहरू नदी किनार र आवागमन बढी हुने ठाउँहरूमा सो खोपहरू लगाइएको छ ।गतवर्ष केही किसानहरूको उही रोगकै कारण केही पशुचौपाय मरेको भए पनि यसवर्ष सो रोगविरुद्ध समयमा नै खोप लगाइएकोले ती रोगहरू देखा पर्न नसक्नेतर्फ आफूहरू केन्द्रित भएको उहाँले बताउनुभयो ।
दुई जिल्ला रामेछाप र सिन्धुलीका ६२ हजार गाईगोरु, भैँसी र राँगालाई खोरेतविरुद्धको खोप लगाइएको छ । ३ लाख भेडाबाख्रालाई पीपीआर खोप लगाइएको जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुइ जिल्लाको पशुचौपायलाई लगाएको खोप हो । यस्तै, भ्यागुते चरचरे रोग विरुद्ध २ हजार ५ सय, अ।क।ा रोग विरुद्ध २० हजार र १ लाख ४ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाएको थियो । २८ हजार एक सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप र ३ हजार २८० पशुचौपायलार्य रेविज विरुद्धको खोप लगाएको उहाँले बताउनुभयो ।