सिन्धुली – सिन्धुलीमाआर्थीक बर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्मका तीन बर्षका संगठित तथा आर्थिक अपराधका घट्नामा भने बृद्धि भएको देखिन्छ । क्रमश : २,१५ हुदैँ २९ को संख्यामा आएको छ भने पछिल्लो बर्षहरुमा अपराधीक गतिविधि तथा मुद्धा दर्ताको संख्यामा कमी आएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको त्रिबर्षिय घट्ना तथा मुद्धाको विवरणको तथ्यांकमा यस्तो देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको तथ्यांकमा आर्थीक बर्ष २०७८/०७९ मा ४५०वटा मुद्धा दर्ता भएकोमा आर्थीक बर्ष २०७९/०८०मा यो संख्या घटेर ३८६ मा झरेको छ भने आर्थीक बर्ष २०८०/०८१ मा यो संख्या घटेर ३३२को संख्यामा घटेको छ ।
यसैगरी यी तीन आर्थीक बर्षमा जिल्लामा सामाजिक अपराधमा क्रमश ७१,७० र ५४ को दरले घटेको तथ्यांकमा । ज्यान सम्वन्धी मुद्धापनि ९६,७०,७९रहेको । यस्तै आत्महत्याको दर भने उस्तै प्रकारको देखिएको छ । यी तीन आर्थीक बर्षमा आत्महत्यादर ६६,८८ र ८१ जना रहेको देखिएको छ । विविध अन्य अपराधहरुको संख्यामा भने निकै कमी आएको छ, । तीन आर्थीक बर्षको तथ्यांक हेर्दा क्रमशः ८१,४८ र ६ को संख्यामा देखिन्छ ।
महिला तथा बालबालिका सम्वन्धी मुद्धामा भने निकै कमी आएको तथ्यांकमा उल्लेख छ । तीन आर्थीक बर्षको उजुरीलाई बिष्लेषण गर्दा २०७८/०७९ मा ६९ वटा मुद्धा दर्ता भएकोमा यो संख्या क्रमश घटेर ३७ हुदैँ ३५ मा झरेको देखिन्छ । चोरी सम्वन्धि मुद्धामा पनि कमी आएको छ, समाजमा अमनचयन कायम गर्ने तर्फ प्रहरी र समुदाय सफल हुदैँ गएको देखिन्छ, । चोरीका घट्नामा २६,२५ हुदैँ १३ मा झरेको छ ।
तीन बर्षको तथ्यांकलाई हेर्दा लागु औषधको मुद्धा क्रमश ४९,३९,२५ को सख्ंयामा देखिन्छ भने जवरजस्ती करणी ४६,३०र २२ को संख्या रहेको तथ्यांकमा देखिन्छ ।