बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

बिहिवार , श्रावण ३, २०८१

सिन्धुली – सिन्धुली मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको घाइते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ०३ साढे स्थित मदनभण्डारी राजमार्गमा बुधवार साँझ ६ः ०० बजेको समयमा दुर्घटना हुदा दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कपिलाकोट बाट हेटौडा तर्फ जादै गरेको चालक सिन्धुली हरिहरपुरगढी गा.पा.वडा नं. ०३ बस्ने अंन्दाजी बर्ष–३५ को शुकदेब भोलनले चलाएको बा ४४ प ८७४ नम्बरको १५० सि.सि. पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोरसाइकल चालक र पछाडी सवार सोही ठाउ बस्ने बर्ष–४० को अम्बर घलान रहेको प्रहरीले जनाएको छ ।

चालकको भोलनको शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम र पछाडी सवार अम्बर घलानको चोट–टाउको,अनुहार र निधारमा चोट अबस्था–मध्यम, दुबै घाईतेलाई उपचारको लागि मकवानपुर हेटौडा तर्फ पठाईएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया