बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा २८१ दैवि प्रकोपका घटना

बुधवार , श्रावण २, २०८१

सिन्धुली – सिन्धुली जिल्लामा २ सय ८१ वटा दैवि प्रकोपका घटनाहरु घटेका छन् । ति घटनामा जिल्लाका ३४ जना नागरीकको ज्यान गएको छ भने २ सय ८२ वटा घरगोठमा क्षेती पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनीक गरेको त्रिवर्षिय दैवि प्रकोपको तथ्यांक अनुसार प्रकोपमा परी २ जना वेपत्ता भएका छन भने १५ जना घाइेत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९, ०७९/०८० र ०८०/०८१ मा विभिन्न प्रकारका २ सय ८१ वटा दैवि प्रकोपका घटनाहरु घटेको उल्लेख गर्नु भएकोहो ।

“आगालागी, बाढी र पहिरो, ढुवान तथा बाढीले बगाएको, चट्याङ, जनावरको आक्रमण र हुरीबतासका गरी तिन वर्षको अवधिमा २ सय ८१ वटा दैवि प्रकोपका घटनाहरु घटेका छन । ति घटनामा परी ३२ जनाको ज्यान गएको छ दुई जना वेपत्ता छन,” उहाँले भन्नुभयो ।

काफ्लेका अनुसार जिल्लामा आगलागीका १ सय ६७ वटा घटना भएका छन् । जसमा २ जनाको मृत्यू भएको छ भने ८ जना मानिस घाईते भएका छन् । आगलागीमा १ सय ३२ घर र ६० वटा गोठ जलेर नष्ट भएको छ । आगलागीमा १३ वटा चौपायाको जलेर मृत्यू भएको छ भने ३ सय २७ वटा चौपाया घाईते भएका छन ।

“यस्तै बाढिपहिरोका ३१ वटा घट्ना घटेका छन् । ति घटनामा ३ जना मानिसको मृत्यू भएको छ भने १ जना वेपता भएका छन । ३ वटा घर र २ वटा गोठमा क्षति भएको छ,” उहाँले थप्नुभयो ।

बाढीको डुवान तथा नदीले बगाएका २३ वटा घट्नामा २२ जना मानिसको मृत्यू भएको भने १ जना वेपता भएका छन् ।

जिल्लामा तिन वर्षको अवधिमा चट्याङबाट ४ वटा घट्ना भएको छ जसमा ४ जना मानिसको मृत्यू भएको छ भने ३ जना मानिस घाईते भएका थिए । चट्याङबाट १ वटा घर र २ वटा गोठमा क्षति पुगेको छ ।

यस्तै जंगली जनावरको आक्रमणबाट ४३ वटा घट्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने १ जना मानिस घाईते भएका छन् । जंगली जनावर हात्ति लगायतले ४६ वटा घर र ३ वटा गोठमा क्षति पुर्‍याएका छन् ।

हुरीवतासवाट ३१ वटा घट्ना भएकामा ३२ वटा घर र १ वटा गोठमा क्षति पुगेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख काफ्लेका अनुसार जिल्लामा आगलागीका घटना धेरै भएका छन भने बाढी र पहिरोबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । यस वर्षको मनसुनमा जिल्लामा हालसम्म कुनैपनि मानविय क्षेती नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया