सिन्धुली – सिन्धुलीमा सोमवार भएको सवारी साधान दुर्घटनामा परी तिन जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका–२ साधी स्थित बिपि राजमार्गमा बोलेरो पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट सुनकोशी नदि किनारमा खस्दा तिन जना घाइते भएको बागमती mप्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
लाहानबाट काठमाडौँतर्फ जादैै गरेको आप लोड रहेको प्रदेश १–०२५ च ५९४२ नं. को बोलेरो पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अंन्दाजी १५० मिटर तल सुनकोशी नदि किनारमा खसि दुर्घटना हुदा उक्त गाडिमा सवार पिकअप गाडीको चालक जिल्ला भक्तपुर बस्ने अन्दाजी बर्ष २६ को दिपक बहादुर परियार हातमा चोट बोल्न सक्ने अवस्था सामान्य,जिल्ला ईलाम देउमाई नगरपालिका ०१ बस्ने बर्ष अन्दाजी ४३ को यम बहादुर खड्का,बाया खुट्टामा चोट अबस्था मध्यम र सोही ठाउँ बस्ने बर्ष अंन्दाजी ४० को मेघ बहादुर बि.क.को दाहिने हात र कुममा चोट अबस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।
घाईते हरुलाई उपचारको लागि धुलीखेल अस्पताल पठाएको र सवारी पुर्ण रुपमा क्षती भएको,सवारी घटना स्थलमा रहेको प्रहरीको भनाई छ ।