सिन्धुली – सिन्धुली प्रहरीले चोरीको मोटर साईकल सहित आइतवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक महाभात गाउँरपालिका वडा नं. ७ निवासी बर्ष २०को राकेश स्याङतान रहेका छन् । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. ४ निवासी च्यङबालाल वाईबाको नाममा दर्ता रहेको बा.प्र ०२ ०३०– प ०५९६ नम्बरको २२० सि.सि.कोपल्सर मोटर साईकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
असार १० हराएको मोटर साईकल आइतवार सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ४ साहानमा चलाई ल्याएको अवस्थामा इलका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीटोलीले मोटर साईकल सहित स्याङतानलार्ई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।