सिन्धुली,३१ असार – सिन्धुलीमा मोटरसाइकलले ठक्कर दिदा एक बालिका घाइते भएकी छिन् । दुधौली नगरपालिकाको डकाहा बाट दुधौली तर्फ जादै गरेको प्र.२–०१–००१ प ९४०७ नं.मोटरसाइकलले आइतवार बेलुका ५ ः४० बजे बाटो काटने क्रममा ठक्कर दिई दुर्घटना हुँदा दुधौली नगरपालिक १० थली बस्ने अन्दाजी वर्ष ४ की सुप्रिया मगर घाईते भएको वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
घाईतेको बाया खुट्टा,पेट र टाउकोमा चोट अवस्था मध्यम, बोली रहेको र चालकलाई केही नभए प्रहरीले जनाएको छ । घाईते बालिकालाई दुधौली स्थितमा रहेको प्रयाग अधिकारी हेल्थ केयर प्रा.लि.मा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडाँै तर्फ पठाइएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।