बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

बाढी र पहिरोको जोखिममा सिन्धुलीका राजमार्गहरु

आइतवार , आषाढ ३१, २०८१

सिन्धुली – पूर्वी तथा मध्ये तराईका जिल्लाबाट छोटो दुरीमा संघिय राजधानी काठमाडौं जोडने बनेपा–सिन्धुली–बर्दीवास (विपी) राजमार्ग निर्माण सम्पन्न भएको दशक भयो । यस राजमार्गमा दैनिक सरदर ८ हजार सवारी साधन ओहोर दोहोर गर्दछन् । कुल १ सय ९८ किलोमिटर दुरी रहेको विपी राजमार्ग पुर्व–पश्चिम राजमार्ग पछिको अत्याधिक यातायातको चाप हुने राजमार्ग हो ।

तर, हरेक वर्ष वर्षात लागेपछि वीपी राजमार्गबाट यात्रा गर्दा सुरक्षित रुपमा गन्तव्यसम्म पुग्न सकिन्छकी सकिदैन भन्ने मनमा संधै त्रास हुन्छ । कारण हो राजमार्गका दर्जनौं स्थानमा बाढी, पहिरो र खहरेको लेदो झरेर राजमार्ग अबरुद्ध हुनु । वर्षातका समयमा कति बेला राजमार्ग माथिबाट आउने बाढी, पहिरो र लेदोले सवारी साधन छोप्ने होकी, बगाएर सुनकोशी नदिमा मिसाउने हो पत्तै हुँदैन । विपी राजमार्ग अन्तरगत सिन्धुली र काभ्रेको धुलीखेलसम्म दर्ननौं स्थानमा राजमार्ग बाढी र पहिरोले दैनिक जसो अबरुद्ध हुने गर्दछ ।

यस्तै मध्य पहाडका २६ जिल्ला जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण थालिएको करिब पन्ध्र वर्ष भईसक्यो तर अझै निर्माण सम्पन्न भएको छैन् । पूर्वी खण्ड ७ सय २१ किलो मिटर र पश्चिम खण्ड ११ सय ५८ किलोमिटर गरी निर्माण थालिएको कुल १ हजार ७ सय ८९ किलोमिटर यस राजमार्ग पनि निर्माण नसकिँदै जोखिमपूर्ण बनेको छ ।

पहाडी भौगोलिक विकटाताका विच निर्माणाधिन राजमार्गको सिन्धुली खण्ड अर्थात खुर्कोट–घुर्मीको करिव ६० किलोमिटर दुरीमै दर्जनौं पहिरोको जोखिम छ । हिउँदको चर्को घाममै पहिरो खस्ने गोलन्जोर गाउँपालिका ६ को हैबारबेसी र अक्करे भिर ३ को कुखुरेटार वारपार गर्दा आँङनै सिरिंग गर्दछ ।

अक्करे भिरमा यात्रागर्नेहरुलाई पहाडबाट खस्ने ढुंगा र लेदोले सामुन्य रहेको सुनकोशीमा मिसाउला भन्ने त्राहीत्राही हुन्छ । मध्यपहाडी लोकमार्गका अधिकांस क्षेत्रहरु पहिरोको जोखिममा भएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको भनाई छ । “मध्यपहाडी लोकमार्गले सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका छुन्छ । यो मार्गमा वर्षाको समयमा यात्रा गर्दा पहिरोको संधै चुनौंती हुने गरेको छ । अस्तिमात्र अक्करे पहिरोले एउटा ट्रकनै पुरेर क्षेती पुर्‍याएको थियो,” न्यौपानेले भन्नुभयो ।

पूर्व पश्चिम राजमार्गकै बैकल्पीक मार्गका रुपमा निर्माण गरिएको मदन भण्डारी लोकमार्ग पनि सिन्धुली जिल्ला हुँदै निर्माणाधिन छ । सिन्धुली जिल्लाको मध्यभाग छिचोल्दै निर्माण गरिएको मदन भण्डारी राजमार्गको अवस्था पनि उस्तै छ ।

हेटौंडा–सिन्धुली–गाईघाट–चतरा जोड्ने यो राजमार्गकोे सिन्धुली खण्ड बाढी र पहिरोको अत्याधिक जोखिममा छ । कुल १ हजार २ सय किलोमिटर लामो यो राजमार्गको सिन्धुली स्थित पूर्वी खण्ड र पश्चिम दुबै खण्डमा चुरेबाट आउने खहरे र पहिरोको जोखिम छ । थोरै वर्षात हुँदा पनि भिमान देखि कटारी सम्म र सिन्धुलीमाढीदेखि हरिहरपुरगढी स्थित बागमती नदीसम्मै चुरेबाट बग्ने पहिरोको जोखिम छ । यस मार्गमा भित्ताबाट गाडीभन्दा ठुला ढुंंगा खस्ने र सडक अबरुद्ध गर्ने गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्र्रख्यात)ले भन्नुभयो ।

यि राजमार्गहरु वर्षा सुरु भएपछि कम्तीमा चार महिना यात्राका लागि अत्याधिक जोखिम मानिन्छन् । जेठको अन्तिम सातादेखि भदौको अन्तिमसम्म यस्ता राजमार्गहरु दिनहुजसो अबरुद्ध हुने हुँदा यात्रुहरुले निक्कै शास्त्री खेप्नु परेको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ । कतिय अवस्थामा बाढी र पहिरोमा परेर यात्रुहरुको ज्यानै जाने गरेको छ भन सयौं सवारी साधनहरुमा क्षेती पुग्ने गरेको छ ।

“विपी राजमार्गको भिमान चुरेदेखि नेपालथोकसम्म खहरे, पहिरो र लेदोले राजमार्ग अबरुद्ध हुँदा वर्षभरी उद्धार र सडक खुलाउन जहिलै कठिन हुने गरेको छ । यि राजमार्गहरु वर्षातका समयमा काल झै भएका छन,” दाहालले भन्नुभयो ।

यस्ता राजमार्गहरु सूचारु गर्न गाउँपालिका, सडक विभाग खाल्टे र यान्त्रीकरण कार्यालय खुर्कोटका स्काभेटर, डोजर लगायतका साधनहरु प्रयोग गर्ने गरिएको छ । तर पनि समयमा राजमार्ग सुचारु गर्न कठिन हुने गरेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेको भनाई छ ।

“सिन्धुली जिल्लामा ठुला तिन राजमार्गहरु विस्तार भएका छन । तर यि राजमार्ग निर्माणले पहाड तथा तराईका जिल्लाहरुबाट संघिय राजधानीसम्म आउनजान सहजभएपनि वर्षातको समयमा भने सुरक्षित गन्तब्यसम्म पुग्न बाढी र पहिरोका कारण निक्कै चुनौंती हुने गरेको छ,” काफ्लेले भन्नुभयो ।

गतवर्षको बर्खामा मात्र यि राजमार्गहरुमा दर्जनौं सवारी साधनहरु बाढी र पहिरोले क्षेती पुगेका थिए । यस वर्ष मात्र बागमतीमा एक, सुनकोशीमा एक सवारी साधन बाढीले गाएर क्षेती पुर्‍याएको छ । त्यसमा जनको क्षेती नभएपनि यस्ता देशै भरका राजमार्गहरु बर्खाको समयमा जोखिम हुने गरेका छन् ।

पूर्व धरानबाट काठमाडाँैं तर्फ जादै गरेका यात्रु समिरजंग थापाले भन्नुभयो, “वर्षातका बेला ठुला राजमार्गमा यात्रा गरिएपनि बाँचिन्छकी मरिन्छ थाहा हुन्न । आजैमात्र पहिरोले दुई वटा यात्रुबाहक बस त्रिशुलीमा पु¥यायो । वर्षातका बेला राजमार्गकोयात्रा जिन्दगी खतरा भने झैं हुन्छ ।”

प्रतिक्रिया