सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका ३ मथौलीकी कुन्तिमाँया घलानको दैनीकि परिर्वतन भएको छ । एक ठाउँबाट अर्को ठाउँ गर्न नसक्ने कुन्तिमाँया अहिले सजिलै हिड्ढुल गर्न सक्नुहुन्छ । कुन्तिमाँयाले जन्मिएको एक महिनामै दुवै खुट्टा गुमाउनुभएको हो । उहाँ भन्नुहुन्छ, “एक महिनाको हुदाँ आगोले पोल्यो, दुवै खुट्टाअप्रेशन पछि काट्नु पर्यो । झण्डै तीस वर्ष एकै ठाउँमा बसे । हिडडुल गर्न सक्दिन थिए ।” स्थानिय सरकारले कुत्रिम खुट्टा दिएपछि अहिले कुन्तिमाँया सजिलै हिड्ढुल गर्न सक्नुहुन्छ । “मेरो त जिवन नै परिवर्तन भएको छ । एउटै ठाउँमा बस्ने म अहिले सजिलैसँग अरु जस्तै हिड्न सक्ने भएको छु ,” उहाँले भन्नुभयो ।
कुन्तिमाँयालाई आफु हिडेको सपना जस्तै लाग्ने बताउनुहुन्छ । पाँचवर्ष देखि उहाँ कत्रिम खुट्टाको सहायताले सजिलै हिड्ढुल गरिरहनु भएको छ । “स्थानीय सरकार आएपछि मेरो जीवन नै परिर्वतन भएको छ ,” उहाँले भन्नुभयो । चार वर्ष अगाडि मरिण गाउँपालिकाले उहाँलाई कृत्रिम खुट्टा दिएको थियो । केहि दिन देखि उक्त गाउँपालिकाले दिएको खुट्टा भाचिएपछि कुन्तिमाँया पहिले जस्तै एक ठाउँमा बस्ने गर्नुहुन्थ्यो । आर्थिक अवस्था कमजोर भएकाले कुन्तिमाँया आफैले कृत्रिम खुट्टा हाल्न नसकेको बताउनुहुन्छ । “घरमा कोहि छैन । आर्थिक अवस्था कमजोर छ । हिड्ने रहर धेरै थियो । गाउँपालिकाले दिएको खुट्टाले पनि काम गर्न छोडेपछि एउटै थलामा बसि रहेको थिए ,” उहाँले भन्नुभयो ।
हाल पुनः मरिण गाउँपालिकाले उहाँलाई कृत्रिम खुट्टा हस्तान्तरण गरेको छ । “झण्डै दुई लाख बराबरको खुट्टा किनेर गाउँपालिकाले दिएको छ । एकदमै खुसि लागेको छ । अब फेरि म सहिजै हिडढुल गर्न सक्ने भए ,” उहाँले भन्नुभयो । गाउँपालिकाले दिएको खुट्टाले उहाँ सजिलैसँग हिड्डुल गर्न सक्नुहुन्छ । स्थानीय सरकारले आफ्नो जीवन नै परिवर्तन गरेको भन्दै कुन्तिमाँयाले धन्यवाद दिनुभयो , “मेरो खुसिको सिमाना छैन । अब एउटै थलामा मेरो जिवन जाने भयो भन्ने सोच्ने म एउटा नयाँ आश पलाएको छ । स्थानिय सरकारले साचिकै मेरो दुख बुझेको छ ।” उहाँले भन्नुभयो । दुइ वर्ष सम्मा कृत्रिम खुट्टाले ढुक्क भएर हिड्न सक्ने कुन्तिमाँया बताउनुहुन्छ । “अब दुइ वर्ष सम्म यो खुट्टाले हिड्न सक्छु । उकालो र ओरालोमा थोरै समस्या भएपनि सिधा बाटो आधि घण्टा सम्म सहज तरिकाले हिड्न सक्छु,,” उहाँले भन्नुभयो ।
वडाको सिफारिसमा कुन्तिमाँयालाई कृत्रिम खुट्टा हस्तान्तरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले बताउनुभयो । “उहाँको आर्थिक अवस्था कमजोर छ । एक ठाउँबाट अर्को ठाउँ जान नसक्ने हुनुहुन्थ्यो । सामान्य व्यक्ति जस्तै हिडढुल गर्ने हामीले उहाँलाई खुट्टा दिएका हौँ ,” उहाँले भन्नुभयो । आगामी दिनमा समेत उहाँलाई सहयोग गर्ने अध्यक्ष मोक्तानले प्रतिवद्धता गर्नु भएको छ ।