सिन्धुली,२८ असार– बाढी र पहिरोले अवरुद्ध बनेको मदन भण्डारी र बिपी राजमार्गको एकतर्फी सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण बाढी र पहिरोको कारण अवरुद्ध बनेको बिपी राजमार्ग र मदन भण्डारी लोक मार्गएकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्ले ले जानकारी दिनुभयो ।
मदन भण्डारी लोक मार्गको सिन्धुली-हेटौँडा खण्डको हरिहरपुरगढी गाउँपालिका हाक्पारमा पहिरो र बिपी राजमार्ग माम्तीखोलाको बाढीले अवरुद्ध बनेको थियो। त्यस्तै मध्य पहाडी लोक मार्गको गोलन्जोर गाउँपालिका-६ हैबार बेँसीमा लेदो सहितको पहिरोको कारण अझै राजमार्ग अवरुद्ध रहेको छ।अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।