सिन्धुली– सिन्धुलीमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्लाको दुधौली नगरपालिका ४ लक्ष्मीपुर स्थित मदन भण्डारी राजमार्गमा भीमानबाट दुधौलीतर्फ गइरहेका जिल्ला धनुषा जनकपुर उपनगरपाकिा २० बस्ने जितेन्द्र कुमार महत्तोले चलाएको बा १७ च ३६०२ नम्बरको टाटा सफारी र विपरीत दिशाबाट आउँदै गरेको को २ ह २९३६ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि अटो चालक उदयपुर कटारी नगरपालिका ४ का ४५ वर्षीय वकिल बहादुर आले मगर र अटोमा सवार उदयपुर कटारी नगरपालिका ४ की ५० वर्षीय नरीमाया आले मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो ।
घाईते चालक वकिल बहादुरको दाया कोख र टाउकोमा चोट लागेको अवस्था समान्य रहेको र नरीमाया को दाहिने खुट्टा भाचिएको,मुख,टाउको र छातीमा चोट लागेको अवस्था मध्यम रहेको प्रउ काफ्लेले बताउनुभयो ।
घार्ईते दुवै जनाको दुधौली नगर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।