बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा सिन्धुलीका २ जना पक्राउ

बुधवार , आषाढ २७, २०८१

काठमाडौं – नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान छन् । उनीहरुलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् । बालिकाहरुलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको अनुसन्धानबाट खुलेको दाबी प्रहरीको छ ।

प्रहरीले उक्त गेस्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्धार गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया