बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली अस्पतालमा डाक्टर नहुँदा सेवा प्रभावित

बुधवार , आषाढ २७, २०८१

सिन्धुली – सिन्धुली जिल्ला सदर मुकाममा रहेको एक मात्र सरकारी अस्पताल सिन्धुली अस्पतालमा डाक्टर नहुँदा चार दिन देखि भिडियो एक्सरे  सेवा प्रभावित भएको छ । अस्पतालमा कार्यरत डाक्टर विदामा बसेका कारण भिडियो एक्सरे  सेवा प्रभावित भएको हो ।

चारदिनदेखी भिडियो एक्सरे सेवा नहुँदा विरामीहरुले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन । कमलामाई नगरपालिका ९ भिमानमा दिनेश न्यौपानेले अस्पातलमा डाक्टर नहुँदा भिडियो एक्सरे सेवा पाउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले अस्पतालमा विरामीले भिडियो एक्सरे सेवा नपाएको कुरा गुनासो गर्ने ठाउसमेत नभएको बताएका छन । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट समेत विदामा भएका कारण विरामीहरुले सास्ती खेप्नु परेको कुरा गुनासो राख्ने ठाउँ समेत नपाएको बताउनु भएको हो ।

उहाँले अस्पतालमा भएका दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा समेत यस्तो समस्या नागरीकले भोगिरहनु पर्ने भन्दै यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न समेत गर्नुभयो ।

उता अस्पतालले भने विदामा रहेका डाक्टर बुधबारसम्म विदामा बस्नु भएका कारण समस्या भएको जनाएको छ । अस्पतालमा अरु दरबन्दी भएपनि डाक्टरहरु नहुँदा यस्ता सेवाहरु प्रभावित भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया