सिन्धुली – सिन्धुलीमा अबिरल बर्षातको कारण ग्याबिन तार कटान गरी आगनमा पार्कीङ्ग गरी राखेको ट्याक्टर खोल्सिमा खसेको छ । दुधौली नगरपालिका वडा नं. १ चिसापानिमा भरत पहाडीको घरको आगनमा पार्किङ गरि राखिएको ट्याक्टर अबिरल बर्षातको कारण मगर्नी खोल्साले कटान गरि ट्याक्टर खोल्सिमा खसेको हो ।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल मनसुन बिपद ब्याबस्थापन बेश दुधौली टोली, हतपते प्रहरी चौकी टोलि र दुधौली नगरपालिकाको नगर प्रहरी सहित स्थानियको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म सिन्धुलिका गुल्मपती बलराम प्रसाईले जानकारी दिनुभयो ।
मगर्नी खोलाको कटानले गर्दा ट्याक्टर खोल्सामा खसेको भएपनी कुनै मानबिय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।