सिन्धुली – सिन्धुलीको सदरमुकामको एक होटलमा एक पुरुषको शव फेला परेको छ । कमलामाई नगरपालिका–१ मा रहेको मुस्कान होटेलमा पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गत माघ ३ गतेदेखि होटलको दोश्रो तलाको १०३ नं. कोठा भाडामा लिएर बस्दै आएका सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–६ बस्ने ४१ वर्षीय नारायण बोहोरा शनिबार मृतवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार खडकाले जानकारी दिनुभयो ।
प्रनाउ खडकाका अनुसार होटलको होटलको दोस्रो तल्लामा मृत भेटिएका हुन् । होटलको कर्मचारीले ढोका ढकढक्याउदा नखोले पछि होटल साहुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोकाखोली हेर्दा घोप्टो परेर सुतिरहेको अवस्थामा मृत फेला परेका जनाइएको छ ।्र बिहिबार ओखल्ढुंगा जान्छु भनेर कम्पनीका कर्मचारीहरुसँग छुटेको कम्पनीका कमचारीले जानकारी दिए ।
मृतक बोहोरा रेडबुल कम्पनीको स्थानीय बजार प्रतिनिधि रहेको जनाईएको छ । सिन्धुली, ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटाङ उहाँको कार्य क्षेत्र रहेको खुलेको छ । खडकाका अनुसार बोहोराको मृत्यु हुनुको कारण अझैसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।