बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

पहिरोका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

शनिवार , आषाढ २३, २०८१

सिन्धुली – पहिरोका कारण आज (शनिवार) बिहान ५ः २० वजे देखी बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार खडका ले जानकारी दिनुभयोे ।

बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो सतिको पहिरो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएको प्रनाउ खडका ले बताउनुभयो ।

यस्तै मध्यहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका वडा नं. ६ अकरेभिरमा सडकमाथीबाट ढुंगा,माटो र लेदो सहितको पहिरो आई दुवै तर्फ सवारी आवागमन रोकिएका छन् । उक्त स्थानमा पहिरोमा फसेका सवारी साधन उद्वारगरी सुरक्षित ठाउँमा राखिएको प्रनाउ खडकाले जानकारी दिनुभयो ।

अवरुद्ध दुबै राजमार्ग पुनः सञ्चालन गर्न प्रहरीले स्थानीय तहहरुसं समन्वयगरी जेसिवि द्वारा पहिरो पन्छ्याउने काम भई रहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया