सिन्धुली – सिन्धुलीमा मंगलवार पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र सोही ठाउँ बस्ने बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमर रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मंगलवार घरमा कोही कसैलाई नसोधी घर भन्दा अन्दाजी १ किलो मीटर पुर्व दक्षिणमा रहेको चुरे उत्थान संस्थाले सिचाई गर्न खनिएको पोखरीमा पौडी खेल्ने क्रममा डुवी रहेको अवस्थामा स्थानीयले देखी बेलुकी १८ः०० बजे उपचारको लागी नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।