बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा कुकुर आतंक , एक वर्षमा ११ सय बढी जना घाइते

मंगलवार , आषाढ १९, २०८१

सिन्धुली –सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेबासका नविन विक कुकुरले टोकेर सोमबार जिल्ला अस्पतालमा रेबिज बिरुद्धको खोप लगाउन आइपुग्नुभएको थियो । छोरीलाई स्कुल पुर्‍याएर घर फर्किने क्रममा भुसिया कुुकुरले विकलाई टोकेको बताउनुहुन्छ । छोरीलाई स्कुल पु¥याएर घर फर्किदै थिए बाटोमा भुसिया कुकुरले टोक्यो । दाँया खुट्टामा कुकुरले टोकेर रगत नै बगेको थियो । उहाँले भन्नुभयो ।

यस्तै, कुकुरको आक्रमणबाट सुनकोशी गाउँपालिका– ३ का १० वर्षीय निरु खड्का घाइते हुनुभएको छ । उहाँको बायाँ हातमा टोकेको छ । स्कुल बाट फर्किने क्रममा भुसिया कुकुरे उहाँलाई टोकेको परिवारले बताएका छन् । त्यस्तै, कमलामाई नगरपालिका– ७ का प्रतिमा देवकोटालाई ने आफ्नै घरमा पालेको कुकुरले टोक्यो । घरपालुवा कुकुरले टोके पनि त्यसको कारण भने सडकमा छाडिएका कुकुर नै हुन् । “घर अगाडि भुस्याहा कुकुर आए, तिनलाई पछ्याउँदै हाम्रो कुकुर पनि उतै गयो,” उहाँले भन्नुभयो, “फर्काउनुपर्‍यो भनेर तानेकी मात्र के थिएँ, टोकिहाल्यो ।” नविन, निरु र प्रतिमा मात्रै होइन सोमबार जिल्ला अस्पताल सिन्धुली पुग्दा कुकुरले टोकेको घाउ बोकेर आउनेको ताँती नै लागेको थियो । जाँच गर्ने चिकित्सकलाई पनि फुर्सद थिएन । “अचेल कुकुरले टोकेका बिरामी अत्यधिक बढेका छन्,” अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. अभिषेक थपलियाले भन्नुभयो, “दैनिक नै कुकुरले टोकेका बिरामी आउँछन् ।” उहाँका अनुसार पछिल्लो दुई–चार महिनाएता कुकुरले टोकेका बिरामी ह्वात्तै बढेका छन् । उहाँले जिल्लाका विभिन्न स्थानमा कुकुरको आतंक रहेकाले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

कुकुरको संख्या बढेर आक्रमण गर्न थाले पनि सर्वसाधारणदेखि स्थानीय सरकारसमेत हैरान परेका छन् । जिल्लाको कमलामाई नगरपालिकाका विभिन्न स्थानमा कुकुरले मान्छेसहित गोठका बाख्राका पाठापाठीहरू आक्रमण गर्न थालेपछि बच्चा कसरी जोगाउने भन्ने चिन्ता परेको कमलामाई नगरपालिका ७ का युवराज खत्रीले गुनासो गर्नुभयो । उहाँले आफूहरूले बच्चाहरूलाई एक्लै विद्यालय पठाउन र घरमा छोड्न गाह्रो भएको बताउनुभयो ।

एक वर्षमा ११४३ जनालाई टोके

जिल्लामा चालु आर्थिक वर्षमा कुकुरको आक्रमणबाट एक हजार एक सय ४३ जना घाइते भएका छन् । जिल्ला अस्पताल सिन्धुलीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को असार देखि जेष्ठ सम्म एक हजार एक सय ४३ जना कुकुरले टोकेर उपचार गराएका छन् । कुकुरले टोकेपछि रेबिजविरुद्धका खोप अनिवार्य लगाउनुपर्छ । खोप जिल्ला अस्पतालमा बाहेक अरू अन्य पालिकाको स्वास्थ्य संस्थामा समेत पाइनेछ ।

असारमा ८६, साउनमा ५३, भदौमा ६९, असोजमा ५०, कार्तिकमा ७५, मंसिरमा ०, पुसमा १६६, माघमा ७०, फागुनमा ९२, चैतमा ३०४, वैशाखमा ७६ र जेठमा १०१ र असारमा ८२ जनालाई कुकुरले आक्रमण गरेको जिल्ला अस्पताल सिन्धुलीले जानकारी दिएको छ ।

कुकुरले टोकेपछि तत्काल रेबिज एआरबी र रेबिज इम्युनो ग्लोब्युलिन लगाउनुपर्छ  । अस्पतालले स्वास्थ्य विमा गर्नेलाई निःशुल्क एन्टिरेबिज भ्याक्सिन लगाइदिने गरेको छ । कुकुरले टोकेको मान्छेले पहिलो दिन, तेस्रो दिन, सातौँ दिन र २८ दिनको फरक पारेर चारपटक खोप लगाउनुपर्छ । यसलाई इन्ट्रा ड्रभल(आइडी) भ्याक्सिन भनिन्छ । यसअघि भने इन्ट्रा मस्कुलर भ्याक्सिन लगाइदिने गरिन्थ्यो । यो भने पाँचपटक लगाउनुपथ्र्यो । तीन वटा खोप भने जिल्ला अस्पताल सिन्धुलीमा छ बाकीँ एउटा खोप लगाउन काठमाडौँ रिफर गरिदिने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया