सिन्धुली – हिउँदभर गाडी चल्ने सिन्धुलीका ग्रामीण सडक वर्षा लागेपछि सुनसान जस्तै हुन्छन् । जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा मानिस आवातजावत गर्न समेत समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । “नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत हुन्छन ्। गाडी चल्छन् पनि , जब वर्षायाम लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन् ,” कमलामाई नगरपालिका ४ की शान्ता कार्कीले भन्नुभयो ।
अधिकांश ग्रामीण सडक गाडी गुड्न नसक्ने हुन थालेको चालक बताउँछन् । कच्ची सडक मर्मत नगरेसम्म सार्वजनिक यातायातको सेवा नियमित सञ्चालन नहुने यातायात व्यवसायीको भनाइ छ । कमलामाई नगरपालिका–४ ज्यामिरेका किसानले व्यवसायी तरकारी खेतिबाट आयआर्जन गर्दछन् । गाउँमा सडक पुगेपछि खुलेको तरकारी विक्री गर्न सहज हुने भन्दै खुसि भएका किसानलाई अहिले सडककै कारण सास्ती छ । “झरीले सडक भत्किन्छ, गाडी नचल्दा तरकारी पठाउँन पाइँदैन,” एक किसानले भन्नुभयो, “कमलामाई नगरपालिका ४ दुइ नम्बर गेट हुदै जाने ग्वाङखोलामा निर्माण भएको अस्थायी कल्भट बाढीले बगाएपछि आवातजावत बन्द भएको छ ।” कमलामाई नगरपालिका ४ को रायडि, देउराली, सातपत्रे लगाएतका झण्डै २ हजार बढी स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय गणेश कार्किले बताउनुभयो । उहाँले भन्नुभयो , “ग्वाखोलामा निर्माण अस्थायी कल्भड बाढीले बगाएपछि झण्डै दुइ हजार बढी स्थानियलाई प्रभाव पारेको छ । आवतजावत गनै समस्या भएको छ । पाँच मिनेटको बाटो ३० मिनेट लगाएर हिड्न बाध्य भएका छन् ।”
निर्माणधीन चकमके सडक खण्ड यति बेला हिलामै बनेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समेत समस्य हुनेगरेको चालकले गुनासो गरेका छन् । “बाटो धेरै चिप्लो भएको छ । कहाँ कुन बेला गाडि फस्ने हो थाहै हुन्न, यस्तो बाटोमा गाडि चलाउन धेरै जोखिम छ ,” एक चालकले भने । उक्त सडक खण्डमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् । “गाडि नचडौँ भने यति लामोबाटो हिड्न सकिन्न, गाडि चड्दा कुनबेला कहाँ के हुने थाहै हुनन् । यस्तै चिप्लो बाटोमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छौँ ,” सिन्धुलीबाट चकमके जार्दै गर्नुभएको लिला पहाडिले भन्नुभयो ।
जिल्लाभर यस्ता समस्या प्रत्येक गाउँ÷नगरमा छन । विषेशगरी ग्रामिण सडक खण्डका सर्वसाधारण बर्सेनि यस्तै खालको समस्या झेलिरहेका छन् । हिउँदका ६ महिना सहज चल्ने सडक वर्षा लागेदेखि अवरुद्ध हुन्छन् । सदरमुकाम कमलामाई नगरपालिकाका अधिकांश वडावासीले समेत सडकको समस्या भोग्दैआएका छन् । कमलामाई नगरपालिकाको ४, १२, १३, र १४ वडावासी सडकको सुविधाबाट वञ्चित छन् । जिल्लाका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु¥याउने होडबाजी चलेको छ । विगतमा नेताहरुले जनतासँग सडक पु¥याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पु¥याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन् ।