बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा गाँजासहित ३१ जना पक्राउ

सोमवार , आषाढ ११, २०८१

सिन्धुली – सिन्धुली प्रहरीले चालु आर्थिक वर्ष २०८०/०८१ मा गाँजा सहित ३१ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ११ महिनाको अवधिमा ८७४ दशमलव २४५ किलो गाजा बरामद गर्नुका साथै ३१ जनालाइ पक्राउ गरि २३ वटा मुद्धा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमु्ख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आ.व ०७९/०८० मा ४ सय २७ केजि ३२८ ग्राम, आ.व ०७८/०७९ मा एक सय ५४ केजी ४२१ ग्राम गाँजा सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ भने यस बर्ष जिल्ला प्रहरी कार्यालय मार्फत अन्दाजी ३ बिघा पाँच कट्ठा जग्गा क्षेत्रफलमा गाँजा फडानी गरिएको छ ।

त्यसैगरि, सिन्धुली प्रहरीले आईतबार ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका ७ चिसापानीबाट ६१५ (६ दशमलव १५ क्विन्टल ) किलो गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो ।

अवैध लागूऔषध गाँजा लुकाइ छिपाइ राखेको भन्ने सुराकको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी अधिकृत सहित खटिएकोे टोलीले चिसापानीस्थित थोले व्लोनको गोठमा उदयपुर कटारी ६ घर भइ हाल हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ चिसापानी बस्ने बर्ष ४६ का कुमार पाख्रिनलाई पक्राउ गरेको हो ।

चिसापानी वस्ने ४६ वर्षीय कुमार पाख्रिन सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

बोरा तथा फलामको ड्रममा राखिएको बरामद गाँजा सिन्धुली प्रहरीले गत तीनवर्ष यताको सबैभन्दा धेरै परिमाणको हो । बरामद गा“जा र नियन्त्रण लिएका पाख्रिनको थप अनुसन्धान भैरहेको उपरीक्षक काफ्लेले जनाउनुभयो । गाजा सर्लाहीको उत्तरी भेग वा सिन्धुलीमा खेती गरिएको भन्ने एकिन भैनसकेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक काफ्लेका अनुसार जिल्ला प्रहरी कार्यालयले यस आवमा ७८ वटा लागुऔषध सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ भने २५ लागु औषध प्रयोगकर्तालाई प्रहरीले सम्झाई बुझाइ आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया