लेखक : सुरद वहादुर स्याङतान(वृहत)
वागमति प्रदेशमा तमाङभाषा नेपाली भाषा पछि सवै भन्दा बढि जनसंख्याले वोल्ने भाषा हो । सरकारी तथ्यांक अनुसार कूल जनसंख्याको २० प्रतिशतले तामाङ भाषा वोल्ने गर्दछन । तामाङ भाषा गाउँ वस्तिमा तामाङ समुदायले वोलीरहेको भए पनि सरकारी काम काजमा प्रयोग नभएको कारण दस्तावेजहरुमा लिपिवद्ध नहुदा क्षत्रिय रुपमा विविधता पैदा भएको पाइन्छ । दोलखामा वोलिने तामाङ भाषा र मकवानपुरमा वोलिने तामाङ भाषामा केहि शब्दहरु फरक भएको पाइन्छ । नुवाकोटमा वोलिने तामाङ भाषा र सिन्धुलीमा वोलिने तामाङ भाषामा पनि केहि शब्दहरु फरक परेको देखिन्छ । अव सरकारी कामकाजमा तामाङ भाषलाइ प्रयोग गर्न लागेको यो परिवेसमा कुन चाहि तामाङ भाषालाइ प्रयोग गर्ने भन्ने प्रश्न यदाकदा सुन्न पाइन्छ । तसर्थ याहा छोटकरीमा भाषामा रहेको विविधता र त्यसले पार्ने असरको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
तामाङ भाषामा आएको भिन्नतालाइ दुइ प्रकृतिमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।
१ं) शब्दमा आएको भिन्नताः तामाङ भाषको शब्दहरु फरक फरक ठाउमा फरक पाइएको छ । यसरी फरक पर्नुको मुख्य दुई कारण छन् । पहिलो कारणः अपभ्रंस भएर । दोश्रो कारण अन्य भाषाको प्रभाव । कुनै शब्दहरु वोल्दै जादा अर्काे व्यक्ति वा अर्काे पुस्ताले सुन्ने क्रममा केहि फरक सुनेर फरक उच्चारण गर्दै जाँदा अर्काे शब्द वन्न गएर शब्दहरु फरक परेको रहेछ भने यस्तो प्रकारको फरक पनलाइ अपभ्रंस भनिन्छ । विशेष गरेर यस्ता अपभ्रंस एक पुस्ता बाट अर्काे पुस्तामा आउदा भाषाको शब्दहरु फरक पर्न गएको देखिन्छ । यसरी फरक पर्न गएको शब्दहरु उस्ता उस्तै सुनिन्छ पनि । यसरी वनेका शब्दहरु धेरै फरक हुदैनन् । जस्तैः कहाँ भन्दा कतै हानाङ भनिन्छ भने कतै खानाङ भन्ने गरिन्छ । कतै खै मात्र भनिन्छ भने कतै खन्दो भन्ने गरिन्छ । वोल्दा “हानाङ निबा” ? वा “खानाङ निवा” ? वा “खै ज्ञनिवा” ? वा “खन्दो निवा”? भनेर वोलिन्छ । यी चारै वाक्यको एउटै अर्थ हो “कहाँ जाने” ? यसरी वोल्दा फरक वोले पनि सवै तामाङहरुले कहाँ जाने भनेको हो भनेर बुझ्न सक्छ । त्यसैगरि कतै यहाँ आउ भन्दा “चुरी हाउ” भन्ने गर्छ भने कतै “चुरी खाउ” भन्ने गर्छ कतै “इटी खाउ” पनि भन्ने गरिन्छ । “हाउ” वा “खाउ” जे भने पनि सवै तामाङले याहाँ आउ भनेको भन्ने वुझ्दछ । खाना बसाल भन्दा कतै “कान कारगो” भन्ने गर्छ भने कतै “कान जूगो”भनिन्छ । “कारगो” र “जुगो” दूबै तामाङ शब्द हो । तर प्रयोग फरक ठाउमा गरिन्छ । तर केहि शब्दहरु अन्य भाषा बाट तामाङ भाषमा आएर तामाङ शब्दकै रुपमा स्थापित भएका छन् । ठेट तामाङ शब्दहरु विस्थापित गर्दै आगन्तुक शब्दले ठाउ लिदा आएको फरक पनलाइ हामी अन्य भाषाको प्रभाव भन्न सकिन्छ । जस्तैः–“ पैसा आरे ” याहा पैसा शब्द तामाङ शब्दकै रुपमा आइसकेको छ । पैसा लाइ तामाङ भाषामा “टाङ्गा” भनिन्छ तर पैसा भन्दा सवै तामाङ ले बुज्दछ । टाङ्गा भन्दा थोरै तामाङलमात्र बुझ्न सक्दछ । यसरी अन्य भासााको प्रभाव परेर शब्दहरुमा भिन्नता आएको पाइन्छ ।
२.लवजको भिन्नताः एउटै शब्दलाइ पनि बोल्ने तरिका फरक वनाउदा भाषा फरक भएको छ । यसरी फरक पर्नु लाइ लवज परक भनिन्छ । जस्तैः– “ह्याङला” र “याङला”। शब्द एउटै हो । अर्थ पनि उएटै हो । तर कतै याङला भनेर बोन्ले गर्छ भने कतै ह्याङला भन्ने गरिन्छ । त्यस्तै कतै “म्हाँ”भनिन्छ भने कतै “मा” भािन्छ । कतै य भन्ने गर्छ भने कतै एै भनिन्छ । कतै चुराङबा भन्ने गर्छ भने कतै जोह्राङबा भनिन्छ । उस्तै छ भन्नु पर्दा कसैले “ होराङबाव मुला ” भन्छ भने कसैले “थेराङबान मुला”भनिन्छ । एउटा यूरोयिनले तामाङ भाषा सिकेर बोलेमा उसको अग्रेजी लवज आउछ । कुनै मैथली भाषाीले तामाङ भाषा सिकेर वोलेमा शब्दहरु शुद्ध वोलेपनि मैथली लवज आउन सक्छ । हामी नेपालीहरुले वोल्ने अंग्रेजी भाषा पनि यूरोपियनहरुले वोलेको भन्दा फरक हुन्छ । त्यो जिब्रोको आदत हो । सँधै वोलिरहँदा जिब्रोले सहज मान्छ भने नयाँ शब्दहरु उच्चारण गर्नु पर्दा असजिला मान्नुको साथै निरन्तर वोल्नेको भन्दा फरक हुन्छ ।
लवजको भिन्नताले परक परेमा त्यसलाइ फरक शब्द मानिदैन । केवल बोल्ने तरिका मात्र फरक हो । वोल्ने तरिकाहरु व्यक्ति पिच्छे फरक पर्न सक्छ । अपभ्रंस भएर नयाँ शब्द वनेमा पनि त्यसलाइ अशुद्ध मनिदैन । भाषा ले स्वीकार गरि सकेको हुन्छ । अरु भाषा वाट जस्ताको तस्तै आएको शब्दहरुलाइ आगन्तुक शब्द भनिन्छ । हरेक भाषामा आगन्तुक शब्दहरु हुन्छन् । तर भाषाको आफ्नै शब्द हुदाहुदै अर्काे भाषाको शब्दहरु प्रयोग गर्नु भाषिक शुद्धता मान्न सकिदैन । त्यसैले तामाङ भाषामा विविधताले भाषा नै अर्काे हो भन्ने ठाउमा हामी छैनौ । कुनै तामाङ समुदायको मान्छेले तामाङ भाषा छोडेर अर्कै भाषा वोलेका अवस्थामा उसले बोलेको भाषालाइ तामाङ भाषा मानिदैन । तर जतासुकै जूनसकै तामाङ ले वाल्ने तामाङ भाषा तामाङ भाषा नै हुन्छ । लवज फरक पर्दैमा अलग भाषा हुदैन । अपभ्रंश भएर नयाँ वनेका शब्दशरु लाइ स्वीकार गर्नु पर्छ । एउटै अर्थ दिने शब्द फरक फरक ठाउमा शब्द नै फरक बोलमा ति शब्दहरुलाइ पनि स्वकार गर्नु पर्छ । यसरी अंग्रेजीमा एउटै अर्थ दिने शब्दहरुलाइ कथलयलथmक भन्ने गरिन्छ भने नेपालीमा पर्ययवाचि शब्द भन्ने गरिन्छ । यस्तो सिनोनेमहरु धेरै भएर भाषा नराम्रो हुदैन । पर्ययवाचि शब्दहरु जति धेरै भयो, त्यति भाषा संमृद्ध हुन्छ । यदेपी भाषाको प्रयोगकर्ताहरुले शब्दको अर्थ बुझ्नु पर्छ । त्यसैले सरकारी कामकाजमा तामाङ भाषको प्रयोग गर्दा कुन तमाङ भाषा भन्ने प्रश्न उठाउनु यूक्ति संगत छैन । सारमा तामाङ भाषा एउटै हो । लवज फरक परेका छन् । क्षत्रिय रुपमा अपभ्रंसको प्रकृति फरक छन् । त्यतिकैमा भाषा नै अलग हो भन्न मिल्दैन । नेपाली भाषा पनि पश्चिम नेपालमा वोलिने र पूर्वि नेपालमा वोलिने धेरै फरक छ । कर्णाली र सुदुर पश्चिममा वोलिने खस भाषा को शब्दहरु नै फरक छ । तै पनि समग्रमा ति सवै नेपाली भाषा भित्र पर्दछ । अर्काे भाषा वाट सापटी लिन वध्यता भएमा मात्र आगन्तुक शब्दको रुपमा प्रयोग हुन्छन् ।