सिन्धुली – बिपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा लागु औषध सहित ट्रकका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका ४ हिरापानी चेक पोष्टमा चेकजाँच गर्ने क्रममा लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं. ३ बस्ने वर्ष २९ को किरण लामा र सर्लाहीको लालबन्दी नगरपालिका ७ बस्ने का २६ वर्षीय मुन्ना शेख रहेका छन् ।
सर्लाहीबाट काठमाडाँै तर्फ जाँदे गरेको जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं. ३ बस्ने वर्ष २९ को किरण लामाले चलाई ल्याएको प्र.३–०१–००५ख. ९२०५ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा सहचालक शेख बसेको सिटको अगाडी ड्यास बोर्ड भित्र रहेको रातो प्लाष्टिक भित्र लागू औषध गाँजा जस्तो देखीने वस्तु २६.०० ग्राम र सोही प्लाष्टिक भित्र लागू औषध नाइट्रोभेट–१० लेखिएको ३÷३ ट्याबलेट गरी जम्मा ६ वटा ट्याबलेट रहेको र शेख बसेको सिटको पछाडी लागू औषध कोडिन फोसफेट र टिप्रोलिडिन सिरफ लेखिएको १०० एमएल को २ बोतल फेला पारी उक्त बरामद भएको े जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
लागू औषध र गाडी सहित चालक,सहचालक पक्राउ गरी सिन्धुली अदालत सिन्धुलीबाट दिन ५ म्याद लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएकोछ ।