बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सुनकोशी नदिमा डुबेर एक महिलाको मृत्यु

मंगलवार , जेठ २९, २०८१

सिन्धुली – सुनकोशी नदिमा डुबेर एक महिलाको मृत्यु भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबार बेसी स्थित सुनकोशी नदि किनारमा नुहाउने क्रममा डुबेर ३० बर्षिय चन्द्रकला हायुको मृत्यु भएको जिल्ला प्रहरी कामर्यालय सिन्धुलीले जनाएको छ ।

गोलन्जोर गाउँपालिका ६ मेवाबोटे घर भई हाल हैबारबेसी कटहरेमा डेरा गरी बस्दै आउनु भएका मुका बहादुर हायुकी ३० बर्षिय श्रीमती चन्द्रकला हायु सहित अन्य आफन्त समेत सोमबार सुनकोशी नदिमा नुहाउन गएका थिए ।

नुहाउने क्रममा ढुंगामा चिप्लीएर चन्द्रकला हायु बेपत्ता भएकोमा प्रहरी सहितको टोलीले खोजतलास गर्दा डुबेर मृत अबस्थामा सव फेला परेको थियो । घटना स्थल बाट प्रारम्भीक कार्य सम्पन्न गरि सवलाई पोष्टमार्टमको लागि सिन्धुली अस्पताल ल्याइएको सिन्धुली प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया