सिन्धुली– सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् । तिनपाटन गाउँपालिका वडा नं.–२ भिमस्थान चोकमा बिहिबार दिउसो ११ : १५ बजे ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा तिनपाटन गाउँपालिका वडा नं १ चिसापानी वस्ने बर्ष–४५ को नबराज काफ्ले गम्भिर घाईते प्रहरी ले जनाएको छ ।
भिमस्थानबाट बेलघारी तर्फ आउदै गरेको प्रदेस २–०३–००१ त ५५२६ नम्बरको ट्याक्टरले बिपरित दिशा तर्फ जादै गरेको प्रदेस २–०२–००५ प ४७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा काफ्ले गम्भिर घाईत हुनुभएको हो ।
घाईते काफ्लेलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि फिस्टेलएयरको हेलिकप्टरद्धारा नेपाल मेडिसिटी अस्पताल,ललितपुर लगिएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।