सिन्धुली– सिन्धुलीमा बुधबार खुकुरी प्रहार गरि दुईजनालाई घाईते बनाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कमलामाई नगरपालिका १ स्थित चौराहीमा खुकुरी प्रहार गरी ठुलो बा र भाउजुलाई घाईते बनाएको आरोपमा सोहि ठाउँका दिपेश घिसिङ पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गफ गरेर बसीरहेको अवस्थामा मानसिक सन्तुलन ठिक नभएको २२ वर्षिय दिपेश घिसिङले विना कारण नै धारीलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । घिसिङले ठुलो बा नाता पर्ने ६४ वर्षिय धन बहादुर घिसिङको वाया कान माथि, निधार र वाया पाखुरामा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, भाउजु नाता पर्ने २५ वर्षिय सोविता घिसिङ गौतमको वाया हातको नाडीमा चोट लागेको छ । गौतमको अवस्था मध्यम रहेको छ । गौतमको पेटमा ४÷५ महिनाको गर्भ रहेको प्रहरीले बताएको छ । उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली ल्याइएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिलाई खुकुरी सहित नियन्त्रणमा लिइएको छ ।