बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा सांसदको गाडी दुर्घटना

सोमवार , जेठ १४, २०८१

सिन्धुली– सिन्धुलीमा आईतबार नेकपा एमालेबाट निर्वाचित सांसद ऋषिकेश पोखरेल चढ्ने गाडी दुर्घटना भएको छ । सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका पोखरेल चढ्ने गाडी गोलन्जोर गाउँपालिका ५ स्थित खनियाँखर्क बजारमा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वि.पि.राजमार्ग हुदैँ विराटनगरबाट काठमाडौँ तर्फ जादै गरेको बागमती बि ए डि ३७२ नम्बरको गाडी आफैँ अनियन्त्रित भई सडकको दायाँ नालिमा खसेको प्रहरीले बताएको छ । मोरङको रङगेली नगरपालिका २ का २५ वर्षिय सोमन चौलागाईले चलाएको नम्बरको सार्वजनिक लेखा समितिको संसद सचिवालयको स्कारपियो गाडीमा चालकसहित पाँचजना सवार रहेका थिए । उक्त गाडीमा सांसद पोखरेल भने सवार नरहेको प्रहरीले बताएको छ । घाइते मध्य ४ जना सकुसल रहेको र गाडीमा सवार मोरङको रंगेली नगरपालिका ५ का ६० वर्षिय ललिता देवी मण्डल मध्यम घाईते भएको प्रहरीले जानकारी दिएको छ । उहाँको अनुहारमा चोट लागेको छ भने थप उपचारको लागि काठमाडौँ पठाईएको प्रहरीले बतायो ।

सम्बन्धित विषय:

प्रतिक्रिया