बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ

शनिवार , जेठ १२, २०८१

सिन्धुली – मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुलीमा एक जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । चोरी भएको एक थान मोटरसाइकलसहित प्रहरीले उसलाई पक्राउ गरेको हो ।

सिन्धुली कमलामाई न.पा.–६, २ नम्बर बजार बस्ने सम्झना अधिकारीको घरमा चेनलगेट भित्र पार्किङ गरी राखेको प्र.२–४१ प ९८८५ नम्बरको कालो रातो १५० सि.सि.को मोटरसाईल चोरी गरेका अभियोगमा शनिवार बिहान कमलामाई नगरपालिका –६, २ नम्बर बजार बस्ने बर्ष–२७ को मनिष बानियालाई मोटर साईकल सहित निजकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिहिवार रातीको समयमा अधिकारीको घरमा चेनलगेट भित्र पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको भन्ने खबर शुक्रवार बिहान ०८ः३० बजेको समयमा प्रहरीलाई जानकारी आएपछि प्रहरी टोलीले खोजतलास गर्नेक्रममा शनिवार बिहान १२ बजे बानियाको घरबाट मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको मोटरसाइकलसहित उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया