सिन्धुली – सिन्धुलीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं.–११ स्थित धमिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिवार दिउसो करेन्ट लागेर सोही गाउँपालिका–११ धमिलेका निर्मल कुमार थापाको छोरा बर्ष अन्दाजी १५ को पुष्करदिप थापाको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापा शनिबार दिउसो १ः०० बजेको समयमा धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भई जिल्ला अस्पताल सिन्धुलीमा लगि उपचार भईरहेकोमा उपचारको क्रममा शनिवार २ः५५ बजेको समयमा उक्त अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव अस्पतालमा रहेको र घटना स्थलमा प्रहरी निरिक्षकको कमाण्डमा टोली खटि गई अनुसन्धान भई रहेको प्रहरीको भनाई ।