सिन्धुली– सिन्धुलीमा मंगलबार फरकफरक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको दुधौली नगरपालिका ७ स्थित सुगारेमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । मदन भण्डारी राजमार्गमा खोरभञ्याङबाट कटारीतर्फ जादै गरेको ना ६ त २५२९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुधौली नगरपालिका ७ का अन्दाजि २७ वर्षिय विनोद सदाको मृत्यु भएको छ । त्यस्तै, सोहि ठाउँका हरी कृतन अधिकारी गम्भिर घाइते भएका छन् । ट्रयाक्टर चालक फरार रहेको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार जानकारी दिएको छ ।
त्यसैगरि,जिल्लाको तीनपाटन गाउँपालिका ८ मा मोटरसाइकलले ५ वर्षिय बालिकालाई ठक्कर दिएको छ । तोश्रामखोला जाने कच्ची सडक खण्डमा आरुबोटबाट तिलपुङतर्फ आउदै गरेको बा.प्र.०२–०३२ प १३९७ नम्बरको मोटरसाइकलले स्कुल जादैँ गरेकोे पुजा सार्कीलाई ठक्कर दिई गम्भिर घाईते भएको प्रहरीले बताएको छ । मोटरसाइकल र चालक तिनपाटन गाउँपालिका ७ पटेनी का ३५ वर्षिय शन्देश मग्रातीललाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको तिनपाटन गाउँपालिका २ स्थित शाखामाढीमा बसबाट खसेर एकजना मध्यम घाईते भएका छन् । भित्री सडक खण्डमा तोश्रामखोलाबाट सिन्धुली तर्फ आउदै गरेको ना ८ ख १४४६ नम्बरको बसमा सवार तिनपाटन गाउँपालिका १ बस्ने १८ वर्षिय सन्जय बि.क.अचानक बसको ढोका बाट खसि घाइते भएका छन् । त्यस्त, जिल्लाको सुनकोशी गाउँपालिका १ स्थित देबिस्थानमा चल्ला बोकेको बोलेरो सडकबाट २५ फिट तल खस्दा दुईजना घाइते भएका छन् । बि.पि.राजमार्ग सडक खण्डमा काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको प्र.२–०१–००१ च ०५८९ नम्बरको. चल्ला लोड गरेको बलेरो पिकअप ओभर स्पिडको कारण अनियन्त्रित भई सडकको दाहिने साईडमा सडकबाट २५ फिट तल खसेर दुर्घटना हुँदा, दुईजना घाईते भएका छन् । दुर्घटनामा सवार चालक सर्लाही ईश्वरपुर नगरपालिका ३ का २८ वर्षिय सुजित सहनी र बोलेरोमा सवार बाराको गढीमाई नगरपालिका १ का ३२ वर्षिय साजन कार्की मध्यम घाईते भएका छन् ।
त्यसैगरि, मंगलबारनै काभ्रेको रोशी गाउँपालिका ९ स्थित दाउन्नेमा मोटरसाइकल र स्कार्पियो एकआपसमा ठोक्किदा एकजना घाईते भएका छन् । बि.पि.राजमार्गमा बनेपा बाट सिन्धुली तर्फ आउदै गरेको ज ९ प ५२७२ नम्बरको मोटरसाइकललाई खोटाङ बाट काठमाडौा तर्फ जादै गरेको बा १ य १४५० नम्बरको स्कार्पियोले ओभरट्याग गर्ने क्रममा ठक्कर दिदा मोटरसाइकल चालक सडकबाट १० मिटर तल खसेको प्रहरीले बताएको छ । मोटरसाइकल चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बस्ने२९ वर्षिय छबिलाल कालिमाटे मध्यम घाईते भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि, बुधबार जिल्लाको कमलामाई नगरपालिका वडा नं ८ स्थित माथिल्लो सिस्नेरीमा मोटरसाइकल र बोलेरो एकआपसमा ठक्कर खाँदा एकजना गम्भिर घाईते भएका छन् । बि.पि.राजमार्गमा सिन्धुलीबाट जनकपुर तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटकोे बोलेरो र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०५–००१ प ६१४७ नम्बरको मो.सा.एक–आपसमा ठोक्किएको थियो । दुर्घटनमा मोटरसाइकल. चालक उदयपुर कटारी नगरपालिका ३ का ३४ वर्षिय कृष्ण राय यादव गम्भिर घाईते भएका छन् । उनको अण्डकोषमा भित्री चोट लागेको प्रहरीले बताएको ।