सिन्धुली – सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । दुधौलीबाट खोरभञ्ज्याङ तर्फ जादै गरेको बा ३८ प ५९५५ नम्बरको मोटरसाइकल दुधौली नगरपालिका ९ मा आफै अनियन्त्रित दुर्घटना भएको हो । दुर्घटनामा मोटसाइकल चालक दुधौली नगरपालिका ५ सिथौलीका ३५ वर्षिय रोशन अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल सडक छेउमा पिकअप गाडीबाट सामान लिदै गरेको अवस्थामा दुधौली नगरपालिका १४ की २३ वर्षिय रस्मिता सुनावारलाई ठक्कर दिई पल्टिएको प्रहरीले जनाएको छ । मोटसाइकलको ठक्करबाट सुनावार घाइते हुनुभएको छ । उहाँको दुधौली स्थित हेम्स हस्पिटलमा लगिएको छ ।
अनियन्त्रित भई मोटसाइकल पल्टिदा चालक अधिकारीको घाइते भएका थिए । घाइते अधिकारीको उपचारका लागि उदयपुर स्थित कटारी अस्पतालमा लाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटसाइकलको आवश्यक कागजपत्र साथमा नभएको र मोटसाइकल प्रहरीको नियन्त्रणमा रहको र आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।