बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

नागरिक स्तरबाट सहयोग जुटाएर सिन्धुलीकै ठुलो अक्षयकोष खडा

मंगलवार , बैशाख १८, २०८१

सिन्धुली, – नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निःशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्‍याउने निकाय तथा ब्यक्तीहरुलाई सम्मान गरेको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर सोमवार नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले ९ सय ५० सहयोगि दाताहरुलाई सम्मान गरेको हो ।

सिन्धुली जिल्लाबासीको लागि निशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले १ करोड ५० लाखको अक्षय कोष स्थापना गर्न अभियान संचालन गर्दै रकम संचालन गरिएको थियो । रकम संकलन अभियान दुई चरणमा संचालन गरिएको थियो ।

यस अभियानमा सिन्धुलीबासी नागरिक, सिन्धुली जिल्ला बाट निर्वाचित संघिय तथा प्रदेश सांसदहरु, जिल्लाका पालिका तथा जनप्रतिनिधी, जिल्ला स्थित सहकारी, बिभिन्न संघसंस्था, बिदेशमा बस्दै आएका सिन्धुलीबासी, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको ४२ वटा उपशाखाहरु लगायतले यस अभियानमा सहयोग गरेका छन् । अक्षयकोषमा जन्मदिन, बैबाहीक वर्षउत्सव, स्वर्गिय व्यक्तित्वको स्मृति दिवसको अवसर पारेर सहयोग गर्नेहरु समेत छन ।

अक्षयकोष स्थापनाको लागि कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाकाले पाच÷पाच लाख र हरिहरपुरगढी गाउँपालिका र घ्याङलेख गाउँपालिकाले दुई÷दुई लाख सहयोग गरेका छन् ।

अक्षय कोषको लागि आइतबार सम्म १ करोड ५० लाख ५१ हजार ५ सय ६१ रुपैया रेडक्रसमा जम्मा भइसकेको र ३ वटा पालिकाको सम्झौता भएर रकम आउन बाँकी १२ लाख रहेको छ । उक्त रकम आएपश्चात निशुल्क ब्लड उपलब्ध गराउने अक्षय कोषमा १ करोड ६२ लाख ५१ हजार ५ सय ६१ हुने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । जम्मा भएको रकम राष्ट्रिय वाणिज्य बैंकमा फिक्स डिपोजिटमा राखीएको छ । यो नागरिक स्तरबाट सहयोग जुटाएर बनाइएको जिल्लाकै सबैभन्दा ठुलो अक्षयकोष हो ।

प्रतिक्रिया