सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाा.–७ खुर्कोटमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । खुर्कोट स्थित शुनकोशी नदिमा नाम, थर, वतन नखुलेको अन्दाजी ३५÷४० वर्षीय पुरुषको सडे गलेको अवस्थामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शवको दाहिने हातको हत्केलामा जय बगदई माता २ ठाँउमा लेखिएको, दुबै हातको नाडीमा रातो डोरोले बाँधिएको,माथि कपडा नभएको,तल कालो ट्रयाक लगाएकोे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक कार्य पूरा गरी शवलाई पोष्टमार्टमको लागि सिन्धुली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।