बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा ढोका फुटाएर ब्राण्डेड रक्सि चोरी

आइतवार , बैशाख १६, २०८१

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा चोरी भएको छ । कमलामाई नगरपालिका वडा नं. १४ तल्लो रानीबासमाचोरी भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानिय कृष्ण बहादुर भण्डारीको आफ्नै २ कोठाको १ तले पक्की घरमा रहेको स्नेहा होटलमा चोरी भएको हो । घरको पछाडीको काठको ढोका फोडेर रक्सिदेखि टिभिसम्म चोरी भएको भण्डारीले बताउनुभयो ।

चोरले टुबोर्ग, गोरखा ब्राण्डको बियर र ओल्ड दरबार, भ्याट ६९ ब्राण्डको ४५ हजार बराबरको रक्सी चोरेका छन् । त्यस्तै, ४५ ईन्चको ४३ हजार रुपैँयाको एल.ई.डि टिभि, सात हजारको चुरोट, ५० हजारको १४ वटा चरेसको थाल, ४० हजार रुपैँया बराबरको सिसि क्यामेराको सामान र नगद ४० हजार चोरी भएको पिडित भण्डारीले बताउनुभयो । अन्दाजी दुई लाख २५ हजार रुपैँयाको सामान र नगद चोरी भएको प्रहरीले बतायो । चोरी गर्ने ब्यक्तीको खोजतलासी भईरहेको छ ।

प्रतिक्रिया