बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा अवैध युरिया मलसहित ट्रक प्रहरी नियन्त्रणमा

शुक्रवार , बैशाख १४, २०८१

सिन्धुली – सिन्धुली प्रहरीले अवैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । विपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका –९ भिमानमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौडका अनुसार बिल भरर्पाइ नभएको ६० बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सो ट्रकमा ६० बोरा युरिया मल (प्रतिबोरा ५० केजी) युरिया मल रहेको छ ।

बिहिवार बेलुका ८ः५० बजे सर्लाहीबाट काभ्रे तर्फ जांदै गरेको गरेको ट्रकमा इलाका प्रहरी कार्यालय भिमान प्रहरीले ना ७ ख ९६५१ नम्बरको ट्रकलाई खानतलासी गर्दा सो ट्रकमा अवैध मल भेटिएको प्रदेश प्रहरी कार्यालय हेटौडका जानकारी दिएको छ ।

कमलामाई नगरपालिका वडा नं.९ भिमान चेकपोष्टको चेकिङ भन्दा अगाडी ट्रक रोकी राखेको देखि उक्त ट्रकमा शंका लागि चेकजाज गर्दा उक्त ट्रक भित्र चामलको बोरा मुनी लुकाई छिपाई ल्याएको विल नभएको उक्त युरीया मल फेला पारी बरामद गरी उक्त ट्रकमा सवार युरीया मल धनी काभ्रे रोसि गाउँपालिका १० बस्ने बर्ष ३६ को कुमार श्रेष्ठ र ट्रकका सह–चालक सिन्धुली मरीण गाउँपालिका ५ बस्ने बर्ष २१ को मनिष राज स्याङतान र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेकोले खोजतलास भई रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया