बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बढ्दो दुई पांग्रे सवारी दुर्घटना

बिहिवार , बैशाख १३, २०८१

सिन्धुली – गत चैत २४ गते सिन्धुलीको तीनपाटन गाउँपालिका ३ मा मोटसाइकल दुर्घटनामा ३० वर्षिय दिपेन्द्रप्रसाद पटेलको मृत्यु भयो । चकमकेबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २ –०२–००३ प ३४८८ नम्बरको मोटसाइकल बिपरीत दिशा जादै गरेको बा.प्र.०१–००६ख ४६१४ नम्बरको बसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । एक्कासी मोडमा मोटसाइकल अनियन्त्रित भई बसको पछाडीको टायर माथिको भागमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटसाइकल चालक पटेलको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारको लागी जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाएकोमा अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो समय दुईपांग्रे सवारी दुर्घटना बढ्दै गएको छ । तिव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने लगाएत ट्राफिक नियम उल्लघंनको कारण दुईपांग्रे सवारी सवारी दुर्घटना बढ्दै गएको प्रहरीले बताएको छ । तीन राष्«िटय राजमार्गले छोएको सिन्धुलीमा साघुँरो सडक साथै सवारी चापको कारण पनि दुर्घटना बढेको देखिन्छ । जिल्लाको ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको दर पनि बढ्दै गएको छ । धेरै सवारी साधन सञ्चालन हुने सडकलाई फराकिलो बनाएर स्तरीकरण नगरिँदा दुर्घटना बढ्दै गइरहेको पाइन्छ । चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्नु, तिब्र गतिमा सवारी चलाउनु र पुराना सवारीको उचित मर्मत नहुनुले पनि दुर्घटना बढाउन सहयोग गरिरहेको छ ।

कति भए सवारी दुर्घटना ?

सिन्धुलीमा पछिल्लो समय साना सवारी साधन दुर्घटनाले भयावह रूप लिन थालेको छ । सवारीको चाप वृद्धिसँगै दुर्घटनामा मृत्यु हुने र घाइते अधिक भइरहेका छन् । आर्थिक वर्ष २०८९/८० मा साना सवारी साधन दुर्घटनामा १७ जना पुरुषले ज्यान गुमाएका छन् भने १७८ जना पुरुषको अंगभंग भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ । यस्तै साना सवारी दुर्घटनामा परि २ जना महिलाको मृत्यु भएको छ । ५१ जना महिला घाइते भएका छन् । दुई जना बालिकाको मृत्यु भएको छ भने पाँच जना बालक र सात जना बालिका घाइते भएका छन् ।

किन हुन्छन् सवारी दुर्घटना ?

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीकाअनुसार सीमित सडक र सवारी साधनको संख्या अधिक भएकोले दुर्घटनामा वृद्धि भएको हो । अति तीव्र गति, लेन अनुशासन पालना नगर्नु, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु, पुराना गाडी राजधानीमा चल्न दिनु र अनुभवी चालक नहुनुजस्ता कारण सवारी दुर्घटना भइरहेको पाइन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख बरिष्ठ प्रहरी जायव निरीक्षक यज्ञबहादुर पालका अनुसार सर्वसाधानहरुलाई ट्राफिक नियमबारे जानकारी दिने लगायतका विभिन्न कार्यक्रमहरु दिन सकेमा दुर्घटना न्यूनीकरण गर्न सकिने छ । ट्राफिक प्रहरीले दुर्घटना कम गराउन र सवारी साधनको जाम कम गर्न चालकहरूलाई सचेतनासँगै कारवाहीमा पनि कडाइ गरिरहेको दाबी गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया