बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा अवैध चिनी बरामद

बिहिवार , बैशाख १३, २०८१

सिन्धुली – सिन्धुलीमा प्रहरीले एक हजार पाँच सय अवैध चिनि बरामद गरेको छ । विपि राजमार्गमा सवारी चेकजाच गर्ने क्रममा सर्लाहीबाट दोलखा तर्फ जादै गरेको म.प्र.०३–००१ ख ९९७५ नम्बरको ट्रकमा अवैध चिनी प्रहरीले फेला पारेको हो ।

ट्रकमा चामल भित्र लुकाई छिपाई ल्याएको बिल नभएको ३० बोरा (प्रति बोरा ५० के.जि.) अन्दाजी एकलाख पाँच हजार बराबरको चिनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । चिनि सहित ट्रक चालक दोलखा भिमेश्वर नगरपालिका ९ का अन्दाजी ४२ वर्षिय विशाल तामाङलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया