सिन्धुली – सिन्धुलीमा बोलेरो गाडि दुर्घटना हुदाँ दुई जना गम्भिर घाइते भएका छन् । काठमाडाँैबाट जनकपुर तर्फ आउदै गरेको बा.प्र.०१–०२७ च ६७४७ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भइ विपि राजमार्ग अन्र्तगत गोलन्जोर गाउँपालिका ५ मा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक रामेछाप सुनापति गाउँपालिकाका अन्दाजी ३० वर्षिय प्रशान्त तिमल्सिना गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । बोलेरोमा सवार चितवन भरतपुर महानगरपालिका वडा नं. ६ का अन्दाजी २४ वर्षिय अमृत श्रेष्ठको दाहिने आखामा र शरीरको बिभिन्न भागमा चोट लागेको छ । श्रेष्ठको अवस्थ पनि गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको उपचारको लागी शुभजिवन अस्पताल खुर्कोट पठाएको छ । गाडि सडकबाट अन्दाजी तीन सय फिट तल खरेको थियो ।