बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विद्यालयमा सामाग्री हस्तान्तरण तथा समिक्षा कार्यक्रम

बुधवार , बैशाख १२, २०८१

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग हस्तान्तरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रम्तेलको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जनता माविमा जेएसडिपि सिन्धुली र प्लान इन्टरनेश्नल नेपाललले सहयोग गरेका सामाग्रीहरुको विद्यालयका प्रधानाध्यापक रमेश कुमार बर्माको अगुवाईमा अनुगमन गरिएको छ । इसिडी देखि ३ कक्षा सम्म कारपेट, शैक्षिक सामाग्री, स्टेशनरी, नमुना कक्षा निमार्ण, खेलकुद सामाग्री, महिला किशोरीलाई महिनावारी भएको बेला सहज हुने सामाग्रीहरु सहयोग गरिएको छ । किशोरीहरु महिनावारी हुदाँ एमएसएम कोठको निमार्ण भएको छ ।

बालबालिकाहरुले विषय वस्तुमा केन्द्रित भएर भन्दा पनि मनोञ्जनको माध्यम बाट धेरै कुरा सिक्नुका साथै विद्यार्थीहरु विद्यालय आउन उत्प्रेरित हुने भएकाले इसिडी कक्षा देखि ३ कक्षा सम्म नमुना कक्षा कोठाको को व्यवस्थापन भएको छ । किशोर अवस्थामा धेरै कुरा परिवर्तन हुने हुदाँ उनीहरुले सबै कुरा जो कोही सँग भन्न नसक्ने हुदाँ आफ्नो नजिकको साथीलाई कुरा राख्न सहज हुने भएकाले किशोर किशोरी मैत्री सुचना कक्ष स्थापना गरिएको जनाइएको छ । लाईब्रेरी स्टाफ रुम र कम्प्युटर रुममा कारपेट र फर्निचरको व्यवस्था गरिएको छ ।

कार्यक्रमको अवसरमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालल जेएसडिपि सिन्धुली र प्लान इन्टरनेश्नल नेपाललाई सहयोगका लागि आभार व्यक्त गर्नु भएको छ । अरु वडामा भएका विद्यालयमा पनि यस्तो काम गर्न उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल संगै उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहाल, गोलन्जोर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेली, व्क्म्ए सिन्धुलीका उपाध्यक्ष प्रदिप लुङ्गेली, सचिव महेश कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रम्तेल, प्रधानाध्यापक रमेश कुमार बर्मा लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया