सिन्धुली –– नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवस मनाएको छ । संगठनले शुक्रबार क्यालेन्डर विमोचन गर्दै स्थापना दिवस मनाएको हो ।
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता एवं नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा क्यालेन्डर विमोचन गरिएको हो ।
निजामती कर्मचारी संगठन सिन्धुलीले प्रकाशन गरेको विं.सं. २०८१ सालको क्यालेन्डरको विमोचन गर्दै प्रमुख अतिथि दाहालले हरेक बैशाख ७ गते संगठनले आफ्नो स्थापना दिवस मनाउँदै आएको बताउनुभयो । लामो इतिहास भएको नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै जनताले अनुभूत हुने गरी सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो । कार्यक्रममा निजामती कर्मचारी संगठन सिन्धुलीका उपाध्यक्ष प्रभुनाथ प्याकुरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
लेखा समूह भित्ते पात्रो विमोचन
यसैबिच लेखा समूह सिन्धुलीले शुक्रवार एक कार्यक्रमका बिच भित्ते पात्रो विमोचन गरेको छ । लेखा समूहले प्रकाशन गरेको भित्ते पात्रोको प्रमुख जिल्ला अधिकारी भरत खनालले विमोचन गुर्न भएको हो ।
लेखा समूह सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत खनाल, कोष तथा लेखा नियन्त्रक टंकनाथ काफ्ले लगायतले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
लेखा समूह सिन्धुलीका उपाध्यक्ष राजन काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखा समूहमा आबद्ध कर्मचारीहरूको उपस्थिति रहेको थियो । लेखा समूह सिन्धुलीले कार्यक्रममा उपस्थितहरूलाई भित्तेपात्रो समेत वितरण गरेको थियो । समुहका सदस्य जयप्रकाश चालिसेलेकार्यक्रमको संचालन गर्नुभएको थियो ।