सिन्धुली– सिन्धुलीमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदा चारजना घाईते भएका छन् । शुक्रबार दिउँसो सिन्धुलीको फिक्कल गाउँपालिकाबाट काठमाडौँको सिभिल हस्पिटलतर्फ जादैँ गरेको एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठककर खाँदा चारजना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) अनिल कुमार खड्काले जानकारी दिनुभयो । जिल्लाको सुनकोशी गाउँपालिका १ स्थित देविस्थानमा विपरित दिशाबाट आउदै गरेको बा ०२–०४३ प ०२५७ नम्बरको मोटरसाइकलले फिक्कल गाउँपालिका, स्वास्थ्य चौकी सौल्पाठानाको प्रदेश ३–००२ झ ५२२५ एम्बुलेन्सलाई ठक्कर दिएको डिएसपि खड्काले बताउनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिका ९ का ३० वर्षिय श्याम बानकोटी सामान्य घाईते भएका छन् । त्यस्तै, एम्बुलेन्समा सवार फिक्कल ४ कि ९५ वर्षिय सोममाया मगरको ढाँडमा चोट लागेको छ । मगर दमको रोगी हुन् । त्यस्तै, एम्बुलेन्समा सवार ५६ वर्षिय पन्च बहादुर मगर र उनको छोरा २७ वर्षिय श्याम मगर सामान्य घाइते भएको डिएसपि खड्काले बताउनुभयो । घाईतलाई धुलिखेल अस्पताल लगिएको उहाँले बताउनुभयो ।