बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

वडाबाटै सामाजिक सुरक्षा भत्ता बितरण हुने

शुक्रवार , बैशाख ७, २०८१

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका वडा नं – ५ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता शनिवार वडा कार्यालयबाटै वितरण गर्न लागेको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष पूर्णबहादुर खड्काका अनुसार वडाका जेष्ठ नागरीक, अपांग, अशक्त,बिधुवा,लगाएतलाई लक्षित गर्दै सदाझै यस पटक पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागीएको हो । “चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता यही बैशाख ८ गते शनिवारका दिन राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखासंगको समन्वयमा वडा कार्यालयबाट विहान १० बजेदेखि वितरण सुरु गरिने छ,” उहाँले भन्नुभयो ।

जेष्ठ नागरीक, अपांग, अशक्तहरु बैंकमा पुगेर भत्ता लिन समस्या हुने गरेपछि वडाले उहाँहरुको लागि सुविधा प्रदान गर्ने उद्देश्यले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

यसअघि पनि वडा कार्यालयबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको खडकाले जानकारी दिनुभयो । खडकाले अशक्त, अपांगता भएका नागरिक र ज्येष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा वडाबाट मात्र नभई टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी गरिएको बताउनुभयो ।

पहिला पहिला सामाजिक सुरक्षा भत्ता लिनका लागि नागरिकहरु बैंकमा जानुपर्ने बाध्यता थियो । पहिले बैंक जादा बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घण्टौँ समय कुर्नुपथ्र्याे र सास्ती झेल्नुपथ्र्याे तर वडा कार्यालयमा नै भत्ता बुझ्न पाउने भएपछि स्थानिय अत्यन्तै खुसी भएका छन ।

वडाबाटै जेष्ठ र अशक्त नागरिकका लागि वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि यहाँका स्थानीयलाई सहज भएको छ । बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले पालिकाभित्रका अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिकहरूलाई सहज भएको हो ।

बैंकले भत्ता लिंदा विभिन्न झन्झट हुने गरेकोमा वडाबाटै पाएकाले आफूहरूलाई सहज भएको सामाजिक सुरक्षा भत्ता बुझ्न पाउने भएपछि वडा नं.५ का जेष्ठ नागरिक जितबहादुर बम्जनले बतउनुभयो । “बैंकमा दिनभर लाइनमा बस्नुपर्ने र कागजात मिलेन भनेर फर्काउँदा समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो, “वडाबाटै पाउने भएपछि धेरै सजिलो भयो ।”

शनिवार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म वडाका लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता लिन पाउने छन । वडाबाट तथा पाँच वर्ष मुनिका बालबालिकाहरुलाई जेष्ठ नागरीक, जेष्ठ दलित, एकल महिला, अपांगलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिदै आइएको छ ।

वडमा सामाजिक सुरक्षा भत्ता लिने नागरिकको संख्या तीन हजार ५ सय ९९ जना रहेको वडा सचिव उज्जलबिक्रम थापालेले जानकारी दिनुभया

प्रतिक्रिया