बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

१५ दिनभित्र तार व्यवस्थापन नगरे कमलामाई नगरले हटाउने

शनिवार , बैशाख १, २०८१

सिन्धुली– पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन कमलामाई नगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई वैशाख १२ गते समयसीमा समेत दिएको छ । टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालयलाई तार हटाउन र प्रयोगमा रहेका तारको व्यवस्थापन गर्न समय तोकिएको नगरपालिकाले जनाएको छ ।

नगरभित्रका इन्टरनेट, टिभी, टेलिफोनका तारहरु यत्रतत्र अव्यवस्थित तरिकाले टांगिएको हुँदा तारहरुलाई १५ दिन भित्र उचित व्यवस्थापन गर्न आदेश दिइएको कमलामाई नगरको वातावरण शाखाका प्रमुख सागर कुमार ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अलपत्र वा अव्यवस्थित तार व्यवस्थापनमा सेवा प्रदायकले चासो नेखाएमा नगरले नै तार हटाउने छ ।’

 

प्रतिक्रिया