सिन्धुली– नेकपा एमाले सिन्धुलीको जिल्ला सदस्यमा २४ वर्षिय वरुण घिमिरेले उम्मेद्वारी दिनुभएको छ । तीनपाटन गाउँपालिका भुगोलतर्फ खुल्ला युवा सदस्य पदको उम्मेदवार घिमिरे तीनपाटन गाउँ कमिटिको उपसचवि समेत हुनुहुन्छ ।
विद्यार्थी राजनिति हुदैँ गाउँ कमिटिको उपसचिवमा निर्वाचित हुनुभएका घिमिरे जिल्लाको राजनितिसँग नजिक भएर क्रियाशिल हुनुहुन्छ । कक्षा ९ मा पढ्दैदेखि देशको मुलधारको पार्टी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको सदस्य लिएर राजनीतिमा प्रबेश गर्नुभएका घिमिरेले माध्यमिक विद्यालय आम्बोटेको कमिटि अध्यक्ष, लाम्पनटार बहुमुखी काम्पस कमिटी अध्यक्ष हुँदै विभिन्न कमिटीहरु सम्हालि सक्नुभएको छ ।
भुगोलतर्फ कमलामाई नगरपालिकामा खुल्लातर्फ १० जना, महिलातर्फ सातजना र युवातर्फ तीनजना निर्वाचित हुनेछन् । कमलामाई नगरपालिकामा १० जना खुल्ला सदस्यकालागि २६ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै, महिलातर्फ सातजनाकालागि १० जना र तीनजा युवा सदस्यतर्फ छ जनाको उम्मेद्वारी परेको छ ।
यता, फिककल गाउँपालिका अन्तर्गत चारजना खुल्ला, दुई जना महिला र एकजना युवा गरि सात सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्त, गोलन्जोर गाउँपालिका अन्तर्गत चार जना खुल्ला सदस्य पदकालागि पाँचजनाको उम्मेद्वारी परेको छ भने दुईजना महिला र एक युवातर्फका सदस्या निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, घ्याङलेख गाउँपालिका अन्तर्गत तीन सदस्य, मरिण गाउँपालिका अन्तर्गत पाँचजना निर्विरोध निर्वाचित भएका छन् । तिनपाटन गाउँपालिकातर्फ पाँचजना खुल्ला सदस्यकालागि आठजना र युवातर्फ कान्छा उम्मेद्वार घिमिरेसहित तीनजनाको उम्मेद्वारी परेको छ । महिला सदस्यतर्फ तीनजना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि, सुनकोशी गाउँपालिका अन्तर्गत पाँचजना सदस्यमा दुई महिला र एक युवा निर्विरोध भएका छन् भने दुईजना खुल्लातर्फ छजनाको उम्मेद्वारी परेको छ । दुधौली नगरपालिका अन्तर्गत सात जना खुल्ला सदस्यमा १२ जना र चार महिला सदस्यतर्फ पाँचजनाको उम्मेद्वारी परेको छ । दुईजना युवातर्फका सदस्य भने निर्विरोध सदस्यमा चयन भएका छन् । यता, हरिहरपुरगढी गाउँपालिकाके पाँचजना सदस्य निर्विरोध सदस्यमा चयन भएका छन् ।
नेकपा एमाले सिन्धुलीको अधिवेशनले जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने पाँच जना मनोनित हुनेछन् । समावेशी क्षेत्रतर्फको आदिवासी जनजाती सदस्यमा तीनजनाकालागि छ जनाको उम्मेद्वारी परेको छ । दलित खुल्लातर्फ एकजना निर्विारोध सदस्यमा चयन भएका छन् भने महिला र युवातर्फ दुई/दुईजनाको उम्मेद्वारी दर्ता भएको छ । अपांगता सदस्यतर्फ एकजना निर्विरोध निर्वाचित भएक छन् । सदस्य खुल्ला क्षेत्रतर्फ खुल्लाको सातजनाकालागि १२ जना र तीन महिलाको लागि चारजनाको उम्मेद्वारी दर्ता भएको छ । युवा महिला एकजना निर्विरोध भएका छन् भने खुल्लातर्फ दुईजनाको उममेद्वारी परेकोछ ।
त्यस्तै, लोपोन्मुख सिमान्तृकत हायु, दनुवार र माझीमा तीनजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । लेखा समितिको अध्यक्षमा संज कुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव र सदस्यको लागि चुनाव हुने भएको छ ।

